ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरीमा पुरानो पहिरोको त्रास, वर्षा लागेपछि स्थानीयको रात अनिदो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि सहरको कोलाहल क्रमशः कम हुँदै जान्छ। सवारीको चाप घट्छ, धुवाँ–धुलो पातलिन्छ र वरपरको हरियालीले मन लोभ्याउँछ। यही परिवेशमा पर्छ गोदावरी नगरपालिका–१०, टाहाखेल। तर, शान्त र सुन्दर देखिने यो बस्तीका केही परिवार भने वर्षा लागेसँगै पहिरोको त्रासमा बाँचिरहेका छन्।

स्थानीय गङ्गा सुनारका लागि मनसुन सुरु भएपछि हरेक रात चिन्तामै बित्ने गरेको छ। आकाशमा बादल मडारिँदा र पानी पर्न थालेपछि उनको ध्यान घरमुनिको पहिरोतर्फ जान्छ।

करिब दुई वर्षअघि असोज १२ गते सुनारको घरमुनि ठूलो पहिरो गएको थियो। पहिरो गएको खबर पाएपछि दौडेर हेर्न पुगेकी उनलाई अहिले पनि त्यो दृश्य सम्झँदा डर लाग्छ।

“पहिरो गएको सुन्नेबित्तिकै दौडिँदै हेर्न आएँ। घर त बच्यो, तर पहिरो हेर्दा कहाली लाग्यो,” उनी भन्छिन्, “पुरानो पहिरोमाथि बस्दा जोखिम हुन्छ रे। कुन बेला फेरि पहिरो गएर ज्यानै जाने हो कि भन्ने डर लाग्छ।”

परिवारमा कमाउने सदस्य नभएपछि उनी सरकारी भत्तामा निर्भर छिन्। छोराको मृत्युपछि बुहारीले घर छाडेकी छन् भने नातिनी स्नातक तहमा अध्ययनरत छिन्।

दुई वर्ष बित्दा पनि हटेन जोखिम

पहिरो गएको करिब दुई वर्ष बितिसक्दा पनि जोखिम भने उस्तै छ। पहिरो गएको भागमा पानी छिर्न नदिन पहिले प्लास्टिकले ढाकिएको थियो। तर, अहिले प्लास्टिक च्यातिएर प्रभावहीन भएको छ।

“पहिला प्लास्टिकले छोप्यौँ, अहिले त्यो पनि च्यातिहाल्यो। झन् डर लाग्छ,” गङ्गा भन्छिन्।

पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा जानकारी गराए पनि समस्या समाधान हुन नसकेको उनको गुनासो छ।

गङ्गाकी बहिनी दुर्गा रिसालको घर पनि यही जोखिमयुक्त क्षेत्रमा छ। वर्षायाम सुरु भएसँगै उनलाई पनि पहिरोको चिन्ता थपिन्छ। पार्वती सुनारलगायत आसपासका बासिन्दासमेत पुरानो पहिरोका कारण त्रासमा छन्।

आँगनबाटै देखिने पहिरोले उनीहरूको दैनिक जीवनमा भौतिक जोखिमसँगै मानसिक तनावसमेत थपेको छ।

अस्थायी उपायले मात्रै जोखिम घट्दैन

भूगर्भविद् डा. सुवोध ढकालका अनुसार पुरानो पहिरो गएको स्थानमा पुनः पहिरो जाने जोखिम रहिरहन्छ। पहिरो गएको स्थानको माटो खुकुलो हुने र वर्षाको पानी जमिनभित्र प्रवेश गर्दा भूक्षय बढ्न सक्ने उनको भनाइ छ।

“पहिरोको पानी तथा थप कटान रोक्न तत्कालका लागि प्लास्टिकले छोप्न सकिए पनि त्यो दीर्घकालीन समाधान होइन,” डा. ढकाल भन्छन्, “पहिरोको जोखिम न्यूनीकरणका लागि भौगर्भिक अध्ययनसहित दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्नुपर्छ।”

उनका अनुसार जथाभावी डोजर प्रयोग गरेर गरिने विकास निर्माणका कारणसमेत पहिरोको जोखिम बढ्न सक्छ।

बस्ती स्थानान्तरणदेखि पूर्वसूचनासम्म

पहिरो प्रभावित परिवारका लागि बस्ती स्थानान्तरण तथा पहिरोको दिगो व्यवस्थापनका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको सरोकारवालाको भनाइ छ। वर्षा सकिएपछि जोखिम केही कम देखिए पनि अर्को मनसुन सुरु भएसँगै पुरानै त्रास दोहोरिने गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उच्च जोखिममा रहेका बस्तीको अध्ययन गरी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने बताए।

प्राधिकरणले बाढी प्रभावित जिल्लाका ५५ स्थानमा पूर्वसूचना तथा पूर्वकार्यका लागि साइरन सञ्चालनमा ल्याएको जनाएको छ। जोखिमयुक्त स्थानमा रहेका बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने डा. उप्रेतीको भनाइ छ।

विकास निर्माणमा वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले पहिरोसम्बन्धी पूर्वतयारी तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने बताए।

टाहाखेलका स्थानीयका लागि भने यस्ता दीर्घकालीन योजना कार्यान्वयनमा आउनुअघि नै अर्को ठूलो वर्षा नआओस् भन्ने चिन्ता छ। वर्षाको हरेक थोपा उनीहरूका लागि पानी मात्र होइन, फेरि पहिरो आउला कि भन्ने त्रास पनि बनेर आउने गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu