ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परम्परागत खुकुरी बनाउने व्यवसाय संरक्षणमा वर्ल्डलिंकको सहयोग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

सल्यान । नेपालीको मौलिक पहिचान, गौरव र साहससँग जोडिएको परम्परागत खुकुरी बनाउने सीप तथा व्यवसाय संरक्षणका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ।

सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौंदेखि खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विक दम्पतीलाई वर्ल्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुरक्षित कार्यस्थल निर्माण गरी हस्तान्तरण गरेको हो।

परम्परागत सीपको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले कार्यस्थल निर्माण गरिएको कम्पनीले जनाएको छ।

नवनिर्मित टहराले खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माण गर्दा घामपानीबाट जोगिनुका साथै सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सहयोगपछि उत्साहित राजु विकले नेपाली खुकुरी हतियार मात्र नभई पहिचान र इतिहाससँग जोडिएको बताए।

“नेपाली खुकुरी केवल एउटा हतियार मात्र नभई हाम्रो पहिचान र इतिहास हो। आवश्यक पूर्वाधार र सुरक्षित कार्यस्थलको अभावमा यो पेसा नै संकटमा पर्न लागेको बेला वर्ल्डलिंकले गरिदिएको यो सहयोगले हामीलाई व्यवसाय निरन्तरता दिन ठूलो हौसला मिलेको छ,” उनले भने।

स्थानीयका अनुसार आवश्यक लगानी र पूर्वाधारको अभावमा पछिल्लो समय यस्ता मौलिक तथा परम्परागत सीप लोप हुने अवस्थामा पुगेका छन्। वर्ल्डलिंकको सहयोगले स्थानीय सीप संरक्षण, परम्परागत व्यवसायको निरन्तरता र आत्मनिर्भर जीविकोपार्जनमा योगदान पुग्ने उनीहरूको भनाइ छ।

वर्ल्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन तथा दिगो जीविकोपार्जनका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य तथा वर्ल्डलिंकका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा वक्ताहरूले परम्परागत सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै स्थानीय मौलिकता जोगाउन निजी क्षेत्र, सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन सरकारी गाडीमा पोखरा प्रस्थान, सुरक्षा निकायलाई छैन औपचारिक जानकारी

Yemen’s Al-Makha Port Closure Threatens Livelihoods and Trade

Charter Plane Crash Kills Eight Near Alaskan Radar Site

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

Nigeria Boat Capsizing Kills at Least 52

नौ विश्वविद्यालय पदाधिकारीविहीन, बजेटदेखि प्रमाणपत्र वितरणसम्म प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu