काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको एकतालाई थप मजबुत बनाउन नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकको दोस्रो दिन बिहीबार बैठक प्रारम्भ गर्दै प्रतिष्ठान प्रमुखसमेत रहेका शर्माले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
शर्माले कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको विचार र योगदान अझै पनि प्रेरणादायी रहेको उल्लेख गर्दै उनका बहुआयामिक व्यक्तित्वबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए ।
“उहाँ एक समुद्रजस्तै हुनुहुन्थ्यो । समुद्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ,” शर्माले भने ।
उनले गिरीका विचार, दर्शन र योगदानलाई कांग्रेसको वैचारिक यात्रामा निरन्तर स्मरण गर्दै व्यवहारमा आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्