काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बैठक बस्ने कांग्रेसका सचिव दिनेश थापामगरले जानकारी दिए। बैठकमा समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
आन्तरिक विवाद र अनुशासनका विषयमा छलफल हुने
बैठकको औपचारिक एजेन्डाबारे कांग्रेसले स्पष्ट जानकारी दिएको छैन। तर, पार्टी स्रोतका अनुसार बैठकमा आन्तरिक विवाद, अनुशासन उल्लंघनका उजुरी तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने सम्भावना छ।
पार्टीभित्र विभिन्न विषयमा विवाद बढिरहेका बेला अनुशासन समितिको बैठकले लिन सक्ने निर्णयलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्