पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने भएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ प्रस्थान गर्ने तयारीमा छन्। यद्यपि, प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सरकारी तहबाट भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ। उनी कतिबेला पोखराबाट मुस्ताङ प्रस्थान गर्ने भन्नेबारे भने यकिन जानकारी प्राप्त भएको छैन।
प्रधानमन्त्री शाहको मुक्तिनाथ दर्शनलाई निजी भ्रमणका रूपमा लिइएको छ। उनका निकट स्रोतका अनुसार धार्मिक आस्थाका कारण उनले मुक्तिनाथ दर्शन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको भ्रमणबारे सरकारी अधिकारीहरूले औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्