काठमाडौं । वर्षासँगै आज (भदौ ५ गते) देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट तथा आसपासका जिल्लाबाट बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, त्रिशूली, सप्तकोसी, कर्णाली र महाकालीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
लगातार वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्