ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ४५   बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालक समितिका सदस्यहरूको पाँच वर्षे कार्यकाल घटाएर तीन वर्ष कायम गर्ने सहमति भएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफावार छलफल गर्दै यस्तो सहमति गरेको हो।

सिंहदरबारमा बिहीबार बसेको अर्थ समिति बैठकमा गभर्नर र सञ्चालक समितिका सदस्यको हाल कायम पाँच वर्षे पदावधिलाई तीन वर्षमा सीमित गर्ने विषयमा सहमति जुटेको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।

प्रस्तावित व्यवस्थाअनुसार गभर्नर, डेपुटी गभर्नर तथा सम्बन्धित पदाधिकारीको प्रारम्भिक कार्यकाल तीन वर्षको हुनेछ। तर, कार्यसम्पादन सन्तोषजनक देखिएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि बढाउन सक्ने व्यवस्था राख्ने सहमति भएको छ।

सरकारको आर्थिक नीति तथा योजना र मौद्रिक क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्ने विकल्पबारे समितिमा छलफल भएको सभापति बुढाथोकीले बताए।

विधेयकको दफा १८ को उपदफा (१) र (२) मा प्रारम्भिक रूपमा तीन वर्षे कार्यकाल र कार्यसम्पादन मूल्याङ्कनका आधारमा थप दुई वर्ष पदावधि दिने व्यवस्था समेट्ने निर्णय भएको जनाइएको छ।

अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकमाथिको दफावार छलफल शुक्रबार पनि जारी राख्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्वतीय पर्यटनबाट बढ्दै नेपालको अर्थतन्त्र, ५ वर्षमा पर्यटक आगमन ५.८ गुणाले वृद्धि

पार्टीबाट निष्कासित भएपछि उद्धव थापा भन्छन्- न्यायालय जान्छु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पर्वतीय पर्यटनबाट बढ्दै नेपालको अर्थतन्त्र, ५ वर्षमा पर्यटक आगमन ५.८ गुणाले वृद्धि

पार्टीबाट निष्कासित भएपछि उद्धव थापा भन्छन्- न्यायालय जान्छु

वनस्थलीमा डेराबाट सुनका गहना र नगद चोरी, सुनचाँदी पसल सञ्चालकसहित ६ जना पक्राउ

लुम्बिनी प्रदेशमा अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत

एनआईएमबीका सीईओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

‘५० करोडको हावादारी हल्ला चलाइयो’, गङ्गा दाहालद्वारा आर्थिक आरोपको खण्डन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu