ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटोमोबाइल्सको ५० वर्षे यात्रा, भदौ ९ देखि १८औँ नाडा अटो शो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ३५   बजे

काठमाडौं । नेपालमा सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायीको पहलमा सन् १९७५ मा स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ५० वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्वर्ण जयन्तीको अवसरमा १८औँ नाडा अटो शो आयोजना गर्ने भएको छ ।

‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रदर्शनीमा करिब तीन लाख वर्गफिट क्षेत्रफलमा २०० भन्दा बढी स्टल रहनेछन् ।

अटो शोमा २३ वटा चारपांग्रे यात्रुवाहक सवारी ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपांग्रे ब्रान्ड सहभागी हुनेछन् ।

त्यस्तै, पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ । १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ ।

पाँच दशकमा अटोमोबाइल क्षेत्रको विस्तार

नाडाको पाँच दशक लामो यात्रासँगै नेपालमा अटोमोबाइल क्षेत्रले पनि उल्लेख्य विस्तार गरेको छ । हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् ।

पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ । यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ ।

अटोमोबाइल क्षेत्रले सवारीसाधनको आयात तथा बिक्रीसँगै रोजगारी सिर्जना, राजस्व संकलन, व्यवसाय विस्तार र समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

विद्युतीय सवारीतर्फ बढ्दो आकर्षण

नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ पनि तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिइसकेको जनाइएको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै देशभर करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भएको नाडाले जनाएको छ । यसले नेपालमा हरित तथा दिगो यातायात प्रणालीको विकासका लागि आधार तयार गरिरहेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो एउटा संस्थाको उत्सवमा मात्र सीमित नभई नेपाली अटोमोबाइल उद्योगको पाँच दशकको योगदानको समीक्षा गर्ने अवसर भएको बताए ।

उनका अनुसार ५० वर्षको यात्रालाई बिक्रीको मात्र आधारमा नभई उद्योगले कति रोजगारी, राजस्व, प्रविधि र आर्थिक गतिविधि धानेको छ भन्ने दृष्टिले मूल्यांकन गर्नुपर्ने समय आएको छ ।

नाडाले अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व वृद्धि, हरित प्रविधिको विस्तार तथा आर्थिक चलायमानताको प्रमुख क्षेत्रका रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको छ ।

स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको अटो शोले नेपाली अटोमोबाइल क्षेत्रलाई थप आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा वातावरणमैत्री दिशातर्फ अघि बढाउन नयाँ बहस र अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

सिद्धार्थ बैंकले ल्यायो व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइन खाता खोल्ने सेवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu