काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका केही पदाधिकारी मनोनयन गरेको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले जगदीश खरेललाई प्रवक्ता मनोनयन गरेको हो। त्यस्तै ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ता, मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष र पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ।
रास्वपा नेता मनिष झाका अनुसार उपसभापति, महामन्त्रीलगायतका केही पदमा भने अझै मनोनयन गर्न बाँकी छ। पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा बाँकी पदमा पनि मनोनयन गरिने जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्