ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । प्रधानमन्त्रीअन्तर्गतको नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न क्षेत्रका अध्ययन गरी प्रतिवेदन तयार पार्ने क्रम बढाएको छ। सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने उद्देश्यले प्रतिष्ठानले अध्ययन तथा अनुसन्धानको गतिविधि तीव्र बनाएको हो।

प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरण पेस गरेको छ। विवरणअनुसार उक्त अवधिमा आठवटा प्रतिवेदन विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएको छ।

प्रतिष्ठानले ‘विद्यालयको पाठ्यक्रममा लैंगिक सवाल र घरेलु हिंसा, कसुर तथा सजाय’ तथा ‘नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन प्रणालीको सुदृढीकरण–एक रणनीतिक अध्ययन’ शीर्षकका प्रतिवेदन आन्तरिक समीक्षाका लागि पुनरवलोकन तथा सिफारिस समितिमा पठाएको छ। आन्तरिक समीक्षा पूरा भएपछि ती प्रतिवेदन प्रकाशनमा ल्याइने जनाइएको छ।

यस्तै, ‘पिछडिएको वर्गको पहिचानका आधारहरू निर्धारणसम्बन्धी अध्ययन प्रतिवेदन’ विज्ञ समीक्षाका लागि पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन्।

‘विपन्न खस–आर्यको पहिचानका आधारहरू’, ‘राष्ट्रिय आवास नीति, २०६८ को समीक्षा, नेपालको बदलिँदो सामाजिक–आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन’, ‘सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू’, ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन’ तथा ‘नेपालमा फर्केका आप्रवासीहरूको पुनःएकीकरण–पुँजी, ज्ञान र सीपको सदुपयोग’ सम्बन्धी प्रतिवेदनलाई आन्तरिक र विज्ञ दुवै समीक्षा प्रक्रियामा लगिएको छ।

यस अवधिमा प्रतिष्ठानले दुईवटा प्रतिवेदन भने आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। कर्मचारीतन्त्रमा हुने निरन्तर सरुवा तथा जिम्मेवारी हेरफेरका कारण उत्पन्न सूचनाको अभाव कम गर्दै संस्थागत स्मृति कायम राख्ने उद्देश्यले ‘सार्वजनिक खर्च व्यवस्थापनको प्रभावकारिता’ र ‘निजामती सेवामा ज्ञान हस्तान्तरणको संस्कृति’ सम्बन्धी प्रतिवेदन प्रकाशित गरिएको हो।

प्रतिष्ठानले सार्वजनिक नीति निर्माणलाई तथ्य, अध्ययन र प्रमाणमा आधारित बनाउन यस्ता अनुसन्धान तथा अध्ययनलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nord Stream Bombing Suspect Arrested on Hollywood Film Set

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा सर्वोच्चमा

Nepalese Lawmakers Demand Justice in Child Murder Case

China Rejects US Call to Join Sanctions Against Iran

पारिवारिक भ्रमणका लागि पोखरा पुगे प्रधानमन्त्री बालेन

अलास्कामा चार्टर विमान दुर्घटना, आठ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu