ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ७ : ३५   बजे

काठमाडौं । वाणिज्य बैंकको नेतृत्व सम्हालेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न पाउने भएका छन्। राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संघीय संसद्को अर्थ समितिमा भएको दफावार छलफलमा बैंकिङ क्षेत्रका अनुभवी व्यक्तिलाई केन्द्रीय बैंकको नेतृत्वमा पुग्ने बाटो खुलाउने सहमति भएको हो।

यसअघि प्रस्तावित विधेयकमा वाणिज्य बैंकका सीईओ गभर्नर पदका लागि अयोग्य हुने व्यवस्था राखिएको थियो। तर अर्थ समितिले योग्यताको दायरा विस्तार गर्दै वाणिज्य बैंकको कार्यकारी तहमा काम गरेका अनुभवी व्यक्तिलाई समेत गभर्नर बन्न सक्ने व्यवस्था गर्ने सहमति गरेको छ।

समितिको सहमतिअनुसार अर्थशास्त्र, मौद्रिक, बैंकिङ, वित्तीय, तथ्यांक, सार्वजनिक प्रशासन, वाणिज्य, व्यवस्थापन, वाणिज्य कानुन वा लेखामा स्नातकोत्तर गरी तोकिएको अनुभव भएका व्यक्ति गभर्नर वा सञ्चालक पदका लागि योग्य हुनेछन्।

नेपाल सरकारका विशिष्ट श्रेणीका सचिव, राष्ट्र बैंकका कार्यकारी निर्देशक, विश्वविद्यालयका प्राध्यापक तथा वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय संस्थाको कार्यकारी तहमा कम्तीमा चार वर्ष काम गरेको अनुभवलाई समेत योग्यताको आधार बनाउने सहमति भएको छ।

सीईओका लागि दुई वर्ष ‘कुलिङ अफ’

वाणिज्य बैंकको नेतृत्वबाट राष्ट्र बैंकको नेतृत्वमा जाँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले सीईओका लागि ‘कुलिङ अफ’ अवधि राख्ने प्रस्ताव गरिएको छ।

वाणिज्य बैंकको सीईओ पदबाट हटेको वा अवकाश पाएको कम्तीमा दुई वर्ष नपुगी त्यस्तो व्यक्ति गभर्नर वा राष्ट्र बैंकको सञ्चालक बन्न पाउने छैन।

यस व्यवस्थाले बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्तिलाई केन्द्रीय बैंकको नेतृत्वमा पुग्ने अवसर दिने भए पनि आफूले नेतृत्व गरेको बैंक वा बैंकिङ क्षेत्रसँग तत्काल नियामकको भूमिकामा जोडिने सम्भावना रोक्ने अपेक्षा गरिएको छ।

सेयर सीमामा कडाइ

अर्थ समितिले राष्ट्र बैंकको उच्च नेतृत्वमा पुग्ने व्यक्तिको सेयर स्वामित्वसम्बन्धी प्रावधानसमेत कडा बनाउने सहमति गरेको छ।

यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक बन्न नपाउने व्यवस्था थियो। अब उक्त सीमा घटाएर ०.५ प्रतिशतमा झार्ने सहमति भएको छ।

अर्थात् कुनै बैंक वा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको व्यक्ति राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक पदका लागि अयोग्य हुनेछन्।

राष्ट्र बैंकलाई नियमन गर्नुपर्ने बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष ठूलो स्वार्थ भएका व्यक्ति नियामकको नेतृत्वमा पुग्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने भएकाले सेयर स्वामित्वको सीमा कडाइ गर्न खोजिएको हो।

अनुभवी जनशक्तिका लागि नयाँ बाटो

प्रस्तावित संशोधनले राष्ट्र बैंकको गभर्नर बन्ने योग्यताको दायरा फराकिलो बनाउनेछ। बैंकिङ क्षेत्रका अनुभवी सीईओ र कार्यकारी तहका व्यक्तिका लागि केन्द्रीय बैंकको नेतृत्वमा पुग्ने बाटो खुले पनि दुई वर्षको कुलिङ अफ अवधि र ०.५ प्रतिशत सेयर सीमाले उनीहरूलाई तत्काल नियामकको नेतृत्वमा पुग्न रोक्नेछ।

अर्थ समितिको यो सहमतिले आगामी गभर्नर नियुक्तिमा बैंकिङ क्षेत्रका अनुभवी व्यक्तिको सम्भावना समेत बढाएको छ। बैंकिङ क्षेत्रको अनुभव र केन्द्रीय बैंकको नियामकीय नेतृत्वबीचको दूरी घटाउने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu