विराटनगर, ४ वैशाख । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमवारसाँझ बम विष्फोट भएको छ ।
आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरी बताएको छ ।
प्रतिक्रिया दिनुहोस्