ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनदेवीमा देउवाको नेमप्लेट र लेटरप्याड दुरुपयोगप्रति कांग्रेस अनुशासन समितिको चासो


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले पूर्वसभापति शेरबहादुर देउवालाई चुनदेवीमा सभापतिको हैसियतमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ।

सानेपामा आज बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरिएको विषयमा समेत गम्भीर ध्यानाकर्षण भएको बताए।

उनका अनुसार चुनदेवीमा देउवाको अगाडि ‘सभापति’ उल्लेख गरिएको नेमप्लेट राखिनुका साथै पार्टीको लेटरप्याडमा पनि सभापतिको रूपमा सम्बोधन गरिएको थियो।

‘सभापतिको नेमप्लेट टेबलमा राखेर शेरबहादुर दाइलाई आसन ग्रहण गराइएको छ। उहाँ निवर्तमान सभापति हुनुहुन्छ। पार्टीको विधानसम्मत ढङ्गबाट जाँदा उहाँलाई सभापति भन्न सकिन्न,’ गुरुङले भने।

उनले देउवा समूहलाई पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गर्ने अधिकार नभएको दाबी गरे। ‘पार्टीको लेटरप्याडमै सभापति लेखेर सम्बोधन गरिएको छ। उहाँहरूसँग त्यो लेटरप्याड प्रयोग गर्ने अधिकार छैन,’ उनले भने।

देउवा समूहबाट पार्टीका नेता तथा कार्यकर्तामाथि आरोप–प्रत्यारोप र आक्षेपपूर्ण अभिव्यक्ति दिइएको भन्दै त्यसप्रति पनि समितिको ध्यानाकर्षण भएको गुरुङले बताए।

‘उहाँहरूले सभापतिलगायत पार्टीका नेता तथा कार्यकर्तामाथि आँच आउने गरी घोचपेच गर्नुभएको छ। त्यो गलत छ। विभिन्न आरोप लगाइएको छ। ती शब्दहरूप्रति अनुशासन समिति, पार्टी र आमजनताले नियालेर हेरिरहेका छन्,’ उनले भने।

देउवा समूहबाट भइरहेका गतिविधि अनुशासन समितिले अभिलेखका लागि सङ्कलन गरिरहेको पनि गुरुङले जानकारी दिए। ‘चुनदेवीदेखि लिएर सुकेधारासम्मका कागजपत्रहरू पनि आएका छन्। हामी अध्ययन गर्दै छौँ,’ उनले भने।

कांग्रेसले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर महाधिवेशन प्रक्रिया अघि बढाइसकेको उनले बताए। महाधिवेशन सम्पन्न गर्नुअघि देशभरबाट प्राप्त ७५४ वटा उजुरी किनारा लगाउने गरी समितिले काम गरिरहेको उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

Vice President Vance Returns to Ohio Hometown to Rally Republicans Ahead of Midterms

Allies Condemn Israel’s Decision to End Probe Into Aid Worker Deaths

Intergenerational Learning Key to Nepal’s Social Cohesion

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu