ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा पहिरोको त्रास, पानी पर्नासाथ छिमेकीको घरमा बास बस्दै स्थानीय


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : ०५   बजे

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका स्थानीय लगातारको पहिरोको त्रासमा छन्। गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि स्थानीय पानी पर्नासाथ घर छाडेर छिमेकीको घरमा बास बस्न बाध्य भएका छन्।

स्थानीय मीना बोहराका अनुसार पहिरो लगातार खसिरहेकाले घरसमेत जोखिममा परेको छ। ‘गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍यायो नै। पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ,’ उनले भनिन्, ‘पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ।’

भुवन बोहराको शौचालय र भान्साघरमा समेत पहिरोले क्षति पुर्‍याएको छ। ‘डराइ–डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ,’ उनले भने।

सात घर उच्च जोखिममा

गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन्। रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार जोखिममा रहेको स्थानीयले बताएका छन्।

स्थानीय लालबहादुर बोहराका अनुसार गाउँ नै पहिरोको त्रासमा छ। पानी परेको समयमा घर छाडेर छिमेकीको घरमा जानुपर्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार विसं २०७८ देखि सो क्षेत्रमा पहिरो आउन थालेको हो। त्यसयता पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ।

बस्ती स्थानान्तरणको माग

पहिरोको जोखिम कायमै रहेकाले स्थानीयले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गरेका छन्।

स्थानीय कृष्ण बोहराले घरमाथिको जमिन चर्किएको, खानेपानीको समस्या रहेको तथा बालबालिकालाई विद्यालय जानसमेत कठिनाइ भएको बताए।

‘दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो,’ उनले भने।

गम्भीर बोहराका अनुसार पहिरोले उनको करिब १५ रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। मकै लगाएको जमिन पहिरोले बगाएपछि बाँकी जमिनसमेत चर्किएको उनले बताए।

सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष भानबहादुर बोहराका अनुसार सो क्षेत्रमा ४० रोपनीभन्दा बढी मकैबाली लगाइएको खेतीयोग्य जमिन पहिरोबाट प्रभावित भएको छ।

प्रजिअ नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।

निरीक्षणका क्रममा प्रजिअ अर्यालले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको बताइन्। बस्ती स्थानान्तरणका लागि टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन्।

‘पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिएका छौँ,’ प्रजिअ अर्यालले भनिन्।

पहिरोले बाटोसमेत बगाएपछि विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको छ। सामान्य अवस्थामा आधा घण्टामा पुगिने विद्यालय पुग्न अहिले करिब डेढ घण्टा लाग्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Journalism Navigates the Shift From Depth to Brevity

Emotional Harm in Schools: Experts Call for End to Public Humiliation

आर्सनलको विजयी सुरुवात, कोभेन्ट्री सिटीमाथि ३–० को शानदार जित

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

Vice President Vance Returns to Ohio Hometown to Rally Republicans Ahead of Midterms

Allies Condemn Israel’s Decision to End Probe Into Aid Worker Deaths

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu