ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बीपी स्मृति दिवसका अवसरमा शनिबार ललितपुरमा ५ किलोमिटर महिला दौड आयोजना गरेको छ।
पाटन दरबार स्क्वायरमा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित दौड आयोजना गरिएको हो।
महिला सहभागिता बढाउने, स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्ने तथा वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
दौडमा विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको थियो। आयोजकले कार्यक्रमका सहभागीका तस्बिरसमेत सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अनुसार जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउँदै महिलालाई वातावरण संरक्षणका गतिविधिमा सक्रिय बनाउन कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्