ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो मोबाइल नम्बर बिना प्रयोजन कसैलाई पनि नदिन आग्रह गरेकी छन् । एक व्यक्तिले डेढ वर्षदेखि पटक–पटक फरक–फरक नम्बरबाट फोन गरेर दुःख दिइरहेको भन्दै उनले नम्बर माग्न आउने व्यक्तिको उद्देश्य बुझेर मात्रै दिन आग्रह गरेकी हुन् ।

समीक्षाका अनुसार फोन गर्ने व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर परिचय दिने गरेका छन् । तर, फोन गर्नुको कारणबारे सोध्दा आफ्नो नामबाहेक स्पष्ट जानकारी नदिने गरेको उनले बताएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ।”

डेढ वर्षको अवधिमा करिब ५०० वटा फरक–फरक नम्बरबाट फोन आएको र ती सबै नम्बर ब्लक गरिसकेको समीक्षाले बताएकी छन् । उनका अनुसार थप तीन जना व्यक्तिले समेत अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर आफूलाई फोन गरिरहेका छन् ।

समीक्षाले आफ्नो नम्बर अरूलाई उपलब्ध गराउनुअघि फोन गर्ने व्यक्तिले नम्बर किन र के प्रयोजनका लागि मागेको हो भन्ने बुझ्न आग्रह गरेकी छन् ।

उनले आफ्नो नम्बर माग्ने व्यक्तिलाई नम्बर उपलब्ध गराएका व्यक्तिहरूलाई समेत आफ्नो व्यक्तिगत नम्बर अरूलाई दिनुअघि सोचेर र बुझेर मात्र उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी पुस्ताको प्रश्न : विदेश होइन, नेपालमै भविष्य खोज्ने वातावरण कहिले?

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

सम्बन्धित

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

‘बुवा’ कवितामा पितृप्रेम र त्यागको मार्मिक अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu