पोखरा । परिवारका सदस्यसहित निजी भ्रमणका क्रममा शुक्रबार पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङतर्फ गएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको भ्रमणको विस्तृत कार्यक्रमबारे आफूलाई पूर्ण जानकारी छैन ।
प्रधानमन्त्री शाहले मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
निजी भ्रमण
प्रधानमन्त्री शाह परिवारसहित निजी भ्रमणका क्रममा पोखरा हुँदै मुस्ताङ गएको बताइएको छ । भ्रमणका क्रममा धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्