ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको दाबी– ‘बालेन नेतृत्वको सरकार पाँच वर्ष टिक्दैन’


ABC NEWS
६ भदौ २०८३, शनिबार   ३ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्।

शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार विदेशी शक्तिको आडमा चलेको आरोप लगाए।

‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन। यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न,’ उनले भने।

ओलीले हालैको निर्वाचनमा बहुमत हासिल गर्न विभिन्न तरिका अपनाइएको आरोप लगाए। ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो,’ उनले भने, ‘यो सरकार पाँच वर्ष कुनै हालतमा टिक्दैन।’

लोकतन्त्र पुनःस्थापनाको दाबी

अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान मिचेको आरोप लगाउँदै लोकतन्त्र पुनःस्थापित गर्नुपर्ने बताए।

‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ,’ उनले भने।

उनले सरकार र समर्थकहरूले समाजमा त्रासको वातावरण सिर्जना गरिरहेको आरोपसमेत लगाए। सामाजिक सञ्जालमा सरकारको आलोचना वा सत्य कुरा राख्नेहरूलाई समूह बनाएर आक्रमण गर्ने गरिएको उनको दाबी छ।

‘हरेकको मनमा त्रास छ। एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ,’ ओलीले भने, ‘सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन। हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ।’

ओलीले जनताको पक्षमा आवाज उठाउन र सत्य कुरा बोल्न नडराउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रले आयोजना गरेको कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

एआईदेखि हेली उद्धारसम्म : गण्डकीको स्वास्थ्य सेवामा देखिएको दशकको फड्को

DR Congo Receives First Shipment of Ebola Vaccine Amid Surging Outbreak

Pakistan’s PTI Files Contempt Petition Over Imran Khan’s Hospital Transfer

Putin Addresses United Russia Congress Ahead of Parliamentary Election

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu