ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सेयर बजार सुस्ताउँदा सरकारको पुँजीगत लाभकर ७१ प्रतिशतले घट्यो


ABC NEWS
७ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको सुरुआती अवधिमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको दाबी गरिरहँदा सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकर भने उल्लेख्य रूपमा घटेको छ। सेयर बजारमा आएको मन्दी, कारोबार रकममा आएको संकुचन र लगानीकर्ताको नाफा घट्दा सरकारले धितोपत्र कारोबारबाट प्राप्त गर्ने पुँजीगत लाभकरमा गिरावट आएको हो।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा दुई अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ को सोही अवधिमा यो रकम ७१.०४ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ।

नाफामा मात्र लाभकर लाग्ने र नोक्सानीमा कर नलाग्ने कानुनी व्यवस्थाका कारण बजार घट्दा सरकारको राजस्वसमेत प्रभावित भएको हो। लगानीकर्ताले घाटा सहेरै सेयर बिक्री गर्न थालेपछि कारोबार रकममा समेत संकुचन आएको छ।

गत वर्ष पनि लाभकर घटेको थियो

गत आर्थिक वर्षमा सेयर बजारबाट प्राप्त हुने वार्षिक पुँजीगत लाभकर ३७.४३ प्रतिशतले घटेर १० अर्ब ३५ करोड १६ लाख रुपैयाँमा सीमित भएको थियो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले धितोपत्र बजारमा घाटाको कारोबार बढ्दा लगानीकर्ताको सम्पत्ति र सरकारको राजस्व दुवै प्रभावित भएको देखाएको छ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार पछिल्लो समय सेयर कारोबार घटेकाले लगानीकर्ताको नाफा पनि कम भएको छ। त्यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा परेको उनको भनाइ छ।

सेयर बजारका जानकार देव गुरागाईंका अनुसार सेयरको मूल्य घट्दा बजार पुँजीकरणसँगै लगानीकर्ताको पोर्टफोलियोको मूल्य पनि घट्छ। “एकातिर घाटामा भइरहेको सेयर बिक्री र अर्कोतिर कारोबार रकममा आएको संकुचन नै सरकारको लाभकर संकलन खुम्चिनुको मुख्य कारण हो,” उनले बताए।

पाँच वर्षमा ४५ अर्बभन्दा बढी लाभकर

विगत पाँच वर्षमा सरकारले सेयर बजारबाट कुल ४५ अर्ब ७२ करोड ६३ लाख २९ हजार ६११ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ।

त्यसमध्ये ३६५ दिनभन्दा कम समय सेयर होल्ड गर्ने अल्पकालीन कारोबारीबाट २७ अर्ब ४६ करोड ३८ लाख ४५ हजार ७५६ रुपैयाँ अर्थात् ६०.०६ प्रतिशत राजस्व प्राप्त भएको छ। दीर्घकालीन लगानीकर्ताबाट १८ अर्ब २६ करोड २४ लाख ८३ हजार ८५५ रुपैयाँ अर्थात् ३९.९४ प्रतिशत लाभकर संकलन भएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएको थियो। आव २०७९/८० मा बजारमा आएको मन्दीसँगै लाभकर ७१.३१ प्रतिशतले घटेर दुई अर्ब ९७ करोड रुपैयाँमा सीमित भयो।

त्यसपछि आव २०८०/८१ मा बजारमा सुधार आएपछि लाभकर ८५.४१ प्रतिशतले बढेर पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुग्यो। आव २०८१/८२ मा कारोबार उच्च हुँदा लाभकर २००.३७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ पुगेको थियो।

तर आव २०८२/८३ मा पुनः ३७.४३ प्रतिशतले घटेर १० अर्ब ३५ करोड १६ लाख रुपैयाँमा झरेको हो।

राजनीतिक तथा नीतिगत अस्थिरताको असर

सरोकारवालाहरूले सेयर बजारको सुस्तताको प्रमुख कारण राजनीतिक संक्रमण र नीतिगत अस्थिरतालाई मानेका छन्। सरकार परिवर्तन, जेनजी आन्दोलन, मध्यावधि निर्वाचन तथा बजार नियमनसँग जोडिएका विभिन्न घटनाले लगानीकर्ताको मनोबल प्रभावित गरेको उनीहरूको विश्लेषण छ।

यस अवधिमा नेप्से परिसूचकमा समेत ठूलो उतारचढाव देखिएको थियो। गत आवमा करिब ३ हजार विन्दुसम्म पुगेको नेप्से परिसूचक घटेर करिब २ हजार ४ सय विन्दुसम्म पुगेको थियो भने पुनः २ हजार ९६० विन्दुसम्म उक्लिएको थियो।

चालु आर्थिक वर्षको भदौ ५ गतेको अन्तिम कारोबारमा नेप्से परिसूचक २ हजार ६१८.७२ विन्दुमा सीमित छ।

सेयर विश्लेषक गुरागाईंका अनुसार गत आर्थिक वर्ष नेपालको पुँजी बजारका लागि नीतिगत अस्थिरता, राजनीतिक संक्रमण र सीमित बजार विस्तारका बीच साइडवेज प्रवृत्तिमा बितेको वर्षका रूपमा देखिएको छ।

मार्जिन कर्जाको प्रभाव अपेक्षित भएन

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जाको व्यक्तिगत सीमा १५ प्रतिशत कायम गरेको थियो। तर उक्त व्यवस्थाका बाबजुद सेयर कारोबारमा अपेक्षित सुधार हुन नसकेको देखिएको छ।

बजारमा कारोबार रकम र लगानीकर्ताको नाफा बढ्न नसक्दा चालु आर्थिक वर्षको सुरुआतमै पुँजीगत लाभकरमा आएको ठूलो गिरावटले नेपालको सेयर बजार अझै दबाबमा रहेको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विचार मिल्ने शक्तिहरूसँग एकता र सहकार्य आवश्यक: प्रचण्ड

महेश्वरभक्त श्रेष्ठको नियुक्ति खारेजी : सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

सम्बन्धित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा दुई जना पक्राउ

बिजुलीको महसुल घटाउने सरकारको तयारी, बढी खपत गर्ने उद्योगलाई सहुलियत

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu