ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र


ABC NEWS
७ भदौ २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र पारिएको छ । यही भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बिमा कम्पनीका स्टल निर्माण धमाधम भइरहेको छ । यस वर्षको प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा यात्रुवाहक २३, हल्का व्यावसायिक १७ र दुईपांग्रे १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् । प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ ।

त्यस्तै, करिब ७० स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायत सामग्री राखिनेछ । बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीको समेत प्रदर्शनीमा सहभागिता रहनेछ ।

स्टल निर्माणको चटारो

प्रदर्शनी सुरु हुन केही दिन मात्रै बाँकी रहेकाले भृकुटीमण्डपमा अहिले स्टल निर्माणको चटारो छ । विभिन्न ब्रान्डका स्टललाई आकर्षक र प्रविधिमैत्री बनाउन निर्माणसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम पनि भइरहेको आयोजकले जनाएको छ ।

नाडाको स्वर्णजयन्ती संस्करण

यस वर्ष नाडाको ५०औँ स्थापना वर्षसमेत रहेकाले अटो शो स्वर्णजयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ । त्यसैले विगतका संस्करणको तुलनामा प्रदर्शनीलाई थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकको भनाइ छ ।

अटोमोबाइल क्षेत्रको ‘शोकेस’

नाडा अटो शोमा नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था र अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक अन्तरक्रियाको अवसरसमेत प्राप्त हुनेछ ।

आयोजकका अनुसार प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा भित्रिएका नयाँ प्रविधि र भविष्यको बजार दिशाबारे जानकारी लिन एउटै थलोबाट अवसर प्रदान गर्नेछ ।

‘मेड इन नेपाल’ प्याभेलियन

यस वर्ष प्रदर्शनीमा ‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ प्याभेलियनसमेत राखिने भएको छ । प्याभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu