ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिशा शाक्य मिस नेवाः नेपालको विजेता


ABC NEWS
८ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

काठमाडौं । ललितपुर पाटनकी तिशा शाक्यले १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधि हात पारेकी हुन्।

सारिका महर्जन फर्स्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। उपाधिसँगै तिशाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्। फर्स्ट रनर्सअप महर्जनले ५० हजार र सेकेन्ड रनर्सअप श्रेष्ठले २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा सबनम शाक्यले मिस ट्यालेन्टको उपाधि जितिन्। हिमानी प्रधान फर्स्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप घोषित भए।

त्यस्तै करुणा चक्रधर र शिक्षा महर्जनलाई सोसियल वेलफेयर एम्बेसडर चिफको उपाधि प्रदान गरिएको छ। यस विधामा सारिका महर्जन फर्स्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने।

तिशाले गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन्।

प्रतियोगिताको आयोजना

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमले संयुक्त रूपमा आयोजना गरेको मिस नेवाः नेपाल १९ मा १६ जना प्रतिस्पर्धी सहभागी थिए। प्रतियोगितामा सहभागीहरूको प्रतिभा, व्यक्तित्व, नेपालभाषा तथा सामाजिक गतिविधिमा उनीहरूको संलग्नतालगायत विभिन्न पक्षको मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu