ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ३५   बजे

काठमाडौं । ललितपुरको पाटन निवासी तिशा शाक्यले १९औँ संस्करणको ‘मिस नेवाः नेपाल ११४६’ को उपाधि जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधि हात पारेकी हुन्।

मुख्य उपाधिसँगै तिशाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्। उनले गोदावरी नगरपालिका बेस्ट नेपालभाषा उपाधिसमेत जित्दै थप १० हजार रुपैयाँ पुरस्कार हात पारिन्।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। सारिकाले नगद ५० हजार रुपैयाँ तथा जेसिकाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा समेत प्रतिस्पर्धीहरूलाई सम्मान गरिएको थियो।

सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप बने। करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। उक्त विधामा सारिका महर्जन फस्ट रनर्सअप तथा दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने।

त्यस्तै, दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस तथा प्रिस्टिन अवाले बेस्ट ड्रेस घोषित भए।

विभिन्न विधामा प्रतिभा प्रदर्शन

प्रतियोगितामा विभिन्न शीर्षकअन्तर्गत पनि प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिएको थियो। कञ्चनजंघा अगरबत्ती मिस कल्चर को उपाधि शिक्षा महर्जनले जितिन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

यस्तै, निश्ला महर्जनले बेलाभिटा मिस पर्सनालिटी उपाधिसहित नगद १० हजार रुपैयाँ हात पारिन् भने कलशा अवालेले श्री केश बेस्ट हेयरउपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरिन्।

दृष्टि महर्जन बेस्ट स्किन, सारिका महर्जन तस्बिर मिस फोटोजेनिक, अनुष्का नाकर्मी मिस स्माइल, सोनिया महर्जन मिस चार्मिङ तथा रेजिना बज्राचार्य मिस फ्रेन्डसिप घोषित भए।

भाषा, संस्कृति र सामाजिक चेतनाको प्रवर्द्धन

कार्यक्रममा फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षता रहेको थियो।

आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मिस नेवाः नेपाल’ प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।

उनका अनुसार प्रतियोगितामा सौन्दर्यका आधारमा मात्र नभई प्रतिस्पर्धीहरूको प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषाप्रतिको ज्ञान, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई समेत मूल्यांकन गरिन्छ।

प्रतियोगिताको निर्णायक मण्डलमा नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक थिइन्। अधिवक्ता लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, रोहन श्रेष्ठ, स्वरूपा श्रेष्ठ तथा प्रा. दिव्यलक्ष्मी बज्राचार्यलगायत निर्णायक मण्डलमा सहभागी थिए।

प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बेसडर चिफ तिमिला महर्जनको सह–संयोजन रहेको थियो भने सकिना महर्जन र कृषा महर्जनले संयोजनको जिम्मेवारी सम्हालेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा पनि रिलिज हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu