ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा पनि रिलिज हुने


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : १५   बजे

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशन रहेको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेसँगै फिल्मको अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षका अनुसार यसै साता अस्ट्रेलिया र अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भएको हो । नमस्ते इन्टरटेन्मेन्टले अस्ट्रेलियामा आगामी ४ सेप्टेम्बरदेखि ‘पार्वती’ प्रदर्शन गर्नेछ ।

त्यसको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल यूएसएले अमेरिकाका सिनेमा हलमा फिल्म प्रदर्शन गर्नेछ ।

फिल्ममा निर्देशक नीता ढुंगाना स्वयं मुख्य भूमिकामा छन् । उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय छ ।

शिवम् अधिकारीको पटकथा रहेको फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् ।

‘पार्वती’ यही भदौ १२ गते शुक्रबारदेखि नेपालका हलमा प्रदर्शन हुँदै छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन, प्रदीप र सनिशा मुख्य भूमिकामा

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu