ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली


ABC NEWS
७ भदौ २०८३, आइतबार   १२ : ३५   बजे

काठमाडौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्यशृंखला ‘म त मर्छु कि क्या हो’ ल्याउने भएका छन्।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको उक्त सिरियल धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको हो। सिरियल हरेक शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। अमेरिकामा भने यो शुक्रबार बिहान १०ः३० बजे प्रसारण हुने जनाइएको छ।

‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित संवाद तथा थेगोबाट लिइएको हो। सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्।

वरिष्ठ कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा

सीताराम र कुञ्जनाकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र मुख्य भूमिकामा देखिँदैछन्। ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत लोकप्रिय हास्य कार्यक्रमका कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्।

सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय छ। यसै सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई बाल कलाकारका रूपमा डेब्यु गराएका छन्।

प्रवासी नेपालीको जीवनलाई हास्यव्यंग्यमा प्रस्तुत गरिने

सिरियलले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, अवसर र चुनौतीसँगै त्यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभवलाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ।

अमेरिका पुगेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक तथा सांस्कृतिक चुनौती, काम र व्यवसायका अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच र नेपालीपन जोगाउने प्रयासलाई समेत कथावस्तुमा समेटिएको छ।

विदेशमा रहेका नेपालीको दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने उद्देश्य सिरियलको रहेको निर्माण पक्षले जनाएको छ।

अमेरिकामै बसेर कला सिर्जनालाई निरन्तरता

नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा बसेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताए।

अमेरिका आएदेखि नै सीताराम र कुञ्जना कलाकारितामा सक्रिय छन्। उनीहरूले यस अवधिमा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापन निर्माण गरिसकेका छन्। केही थप विज्ञापन र म्युजिक भिडियोसमेत छायांकन तथा निर्माणको क्रममा रहेको सीतारामले बताए।

सीतारामले सिरियल नियमित रूपमा प्रसारण हुने जानकारी दिँदै आफूहरू जहाँ रहे पनि कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहेको बताए।

‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,’ उनले भने, ‘हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन, प्रदीप र सनिशा मुख्य भूमिकामा

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu