ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण


ABC NEWS
६ भदौ २०८३, शनिबार   ९ : ४५   बजे

काठमाडौं । गायिका तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बुको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिलाई लिएर बहस र आलोचना सुरु भएको छ। भाइरल ४२ सेकेन्डको भिडियोमा लिम्बुले ‘यो देश क्षत्री–बाहुनले बनाएको होइन’ भन्ने अभिव्यक्ति दिएकी छन्।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना हुनुका साथै जातीय द्वेष फैलाएको आरोपसमेत लागेको छ। केहीले उनको अभिव्यक्तिलाई लिएर प्रतिष्ठानको उपकुलपति नियुक्ति र योग्यतामाथिसमेत प्रश्न उठाएका छन्।

तर लिम्बुले भने सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो आफ्नो लामो अन्तर्वार्ताको सानो अंश मात्र भएको र त्यसलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गरिएको दाबी गरेकी छन्।

उनका अनुसार उक्त क्लिप करिब पाँच महिनाअघि प्रसारित एक घण्टा लामो युट्युब पोडकास्टको अंश हो। आफूले दिएको अभिव्यक्ति व्यंग्यात्मक शैलीमा रहेको र त्यसको पृष्ठभूमि नबुझी छोटो भिडियोका आधारमा धारणा बनाइएको उनको भनाइ छ।

‘नेपाल विभिन्न समुदायको योगदानबाट बनेको देश हो’

भाइरल भिडियोमा लिम्बुले पूर्वी पहाडका लिम्बू, राई र सुनुवारदेखि तामाङ, नेवार, गुरुङ, मगर तथा हिमाली र तराई क्षेत्रका विभिन्न समुदायको योगदानबाट नेपाल निर्माण भएको धारणा राखेकी छन्।

उनले नेपाल कुनै एक जाति वा समुदायको मात्र योगदानबाट बनेको देश नभएको उल्लेख गर्दै सबै समुदायको इतिहास, पहिचान र योगदानलाई स्वीकार गर्नुपर्ने तर्क गरेकी छन्।

भिडियोमा उनले क्षत्री–बाहुन समुदायको ऐतिहासिक पृष्ठभूमि र नेपाल एकीकरणको प्रक्रियासम्बन्धी विवादास्पद टिप्पणीसमेत गरेकी छन्। यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

लिम्बुले आफ्नो अभिव्यक्ति कसैप्रति घृणा फैलाउने उद्देश्यले नभई राजनीतिक नेताहरूका अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रतिक्रिया भएको बताएकी छन्।विशेषगरी तत्कालीन तथा विगतका राजनीतिक अभिव्यक्तिमा आदिवासी जनजाति समुदायलाई हेर्ने दृष्टिकोणप्रति आफूले प्रतिक्रिया दिएको उनको दाबी छ।

उनले गगन थापाको पुरानो भिडियोको सन्दर्भ उल्लेख गर्दै सामाजिक सञ्जालमा छोटा क्लिप काटेर सन्दर्भविहीन रूपमा भाइरल बनाउने प्रवृत्ति बढ्दै गएको बताइन्। उनका अनुसार आफूले पनि त्यही पृष्ठभूमिमा राजनीतिक अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रतिक्रिया दिएकी थिइन्।

“डेढ घण्टाको पोडकास्ट नहेरी ४२ सेकेन्डको क्लिपका आधारमा धारणा बनाउनु उचित हुँदैन,” उनको भनाइ छ।

‘ओली र प्रचण्डले भने हुन्छ, हामीले बोल्न नहुने ?’

लिम्बुले आफूले आदिवासी जनजातिको सवालमा राजनीतिक नेतृत्वले अपनाएको व्यवहारमाथि प्रश्न उठाएको बताएकी छन्। उनले केही प्रमुख राजनीतिक नेताले आदिवासी जनजाति समुदायलाई राजनीतिक रूपमा प्रयोग गर्ने गरेको आरोप लगाउँदै त्यसमाथि आफूले प्रतिक्रिया जनाएको दाबी गरेकी छन्।

उनले खस समुदायको ऐतिहासिक पहिचानबारे पनि आफ्नो धारणा राख्दै खस समुदायको आफ्नै इतिहास, संस्कृति र राज्य रहेको उल्लेख गरेकी छन्।

आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भइरहे पनि आफूले कुनै समुदायप्रति घृणा फैलाउने उद्देश्य नराखेको उनको जिकिर छ।

उपकुलपति नियुक्तिमाथि प्रश्न उठाइएकामा असन्तुष्टि

भाइरल भिडियोपछि आफ्नो योग्यता र प्रतिष्ठानको उपकुलपति नियुक्तिमाथि समेत प्रश्न उठाइएकोप्रति लिम्बुले असन्तुष्टि जनाएकी छन्।

उनले संगीत क्षेत्रमा आफूले लामो समयदेखि काम गर्दै आएको र आफ्नो कामका आधारमा मूल्यांकन हुनुपर्ने बताइन्। राजनीतिक पहुँचका आधारमा पद प्राप्त गरेको आरोप अस्वीकार गर्दै आफूले यसअघि पनि विभिन्न अवसरहरू अस्वीकार गरेको उनको भनाइ छ।

लिम्बुले आफूले आफ्नै लगानी र मेहनतमा नेपालका लोकसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरेको दाबीसमेत गरेकी छन्। उनका अनुसार उनले विभिन्न देशका कलाकारलाई नेपाली लोकसंगीतसँग जोड्ने प्रयास गर्दै आएकी छन्।

सहअस्तित्व र योगदानको बहस

लिम्बुले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा कुनै एक समुदायको मात्र योगदानलाई केन्द्रमा राखेर इतिहास बुझ्न नहुने धारणा राखेकी छन्।

उनले विभिन्न जातजाति र समुदायबीचको सहअस्तित्व, आपसी सम्मान र सबैको योगदानको स्वीकारोक्तिलाई जोड दिँदै आफूले कसैलाई होच्याउने वा कुनै समुदायविरुद्ध घृणा फैलाउने उद्देश्यले अभिव्यक्ति नदिएको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमा भने उनको अभिव्यक्तिलाई लिएर बहस जारी छ। एक पक्षले भिडियोको पूर्ण सन्दर्भ हेर्नुपर्ने तर्क गरिरहेको छ भने अर्को पक्षले सार्वजनिक पदमा बसेको व्यक्तिले जातीय तथा ऐतिहासिक विषयमा बोल्दा थप जिम्मेवार र संवेदनशील हुनुपर्ने धारणा राखिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu