ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि


ABC NEWS
७ भदौ २०८३, आइतबार   ५ : ०५   बजे

काठमाडौँ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले **‘मिसेस नेपाल’**को मुख्य उपाधि जितेकी छन्। उनले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाक गरी थप तीन विधामा समेत सफलता हात पारेकी हुन्।

पेशाले ब्युटिसियन तामाङ काठमाडौँमा आफ्नै ब्युटीपार्लर सञ्चालन गर्दै आएकी छन्। सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय उनले आफ्नो व्यावसायिक अनुभव, प्रतिभा र आत्मविश्वासलाई प्रतियोगिताको मञ्चमा प्रस्तुत गर्दै एकैपटक चार उपाधि हात पारिन्।

राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ अभिनेत्री तृप्ती नाडकर र वरिष्ठ गायक आनन्द कार्की अतिथिका रूपमा सहभागी थिए। प्रतियोगिताको आयोजना दक्ष इन्टरनेसनल प्रालिले गरेको हो।

उपाधि जितेपछि तामाङले आफू अत्यन्तै खुसी, गौरवान्वित र भावुक भएको प्रतिक्रिया दिइन्। ‘मिसेस नेपाल’को उपाधिले आफूलाई नयाँ जिम्मेवारी, थप उत्साह र अझ राम्रो काम गर्ने प्रेरणा दिएको उनको भनाइ छ।

उनले कला, सौन्दर्य, प्रतिभा र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस्ता प्रतियोगिताले नेपाली महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै नयाँ पहिचान र सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरिन्।

अन्य विजेता

प्रतियोगितामा मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप घोषित भए। भ्युअर्स च्वाइस अवार्ड भने सिर्जना घिमिरेले जितेकी छन्।

यस्तै, प्रतियोगिताको **‘मिस नेपाल’**तर्फ समीक्षा शर्मा विजेता बनेकी छन्। आयोजक दक्ष इन्टरनेसनल प्रालिका अध्यक्ष टेकराज पाण्डेका अनुसार ताराकुमारी दुलाल फस्ट रनरअप, निशा राजबहक सेकेन्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित भए।

प्रतियोगिताको आधिकारिक मेकअप आर्टिस्ट क्युट केयरकी चन्दा पुन तथा कोरियोग्राफर अश्विन झा रहेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, अमेरिका र अस्ट्रेलियामा पनि रिलिज हुने

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन, प्रदीप र सनिशा मुख्य भूमिकामा

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu