ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले इरानविरुद्ध ठुलो आर्थिक नाकाबन्दी लगाउने घोषणा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ११ : ५५   बजे

वासिङ्टन डीसी । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही सुरु गर्न लागेको दाबी गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त पारेको दाबी गर्दै अब ठूलो आर्थिक दबाब सिर्जना गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री बेसेन्टले सोमबार बिहान सामाजिक सञ्जाल एक्समार्फत ट्रम्प प्रशासनले इरानको सैन्य क्षमतामाथि ठूलो क्षति पुर्‍याएको र आणविक कार्यक्रम समाप्त पारेको दाबी गरेका छन् । उनले अब इरानविरुद्ध ठूलो आर्थिक कारबाही सुरु हुने बताएका छन् । उनले यो कदम कुनै पनि विरोधीविरुद्ध अमेरिकाले यसअघि नचालेको स्तरको हुने संकेत गरेका छन् ।

बेसेन्टले अमेरिकाले इरानविरुद्ध चाल्न लागेको आर्थिक कदमको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । यद्यपि, उनको घोषणाले इरानमाथि आर्थिक तथा वित्तीय दबाब थप कडा पार्ने संकेत गरेको छ ।

आर्थिक दबाब बढाउने तयारी

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच बेसेन्टको पछिल्लो घोषणाले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ । अमेरिकाले यसअघि पनि इरानमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो घोषणाले भने आगामी कदम थप व्यापक हुन सक्ने संकेत गरेको छ ।

बेसेन्टले ट्रम्प प्रशासनको सैन्य कारबाहीले इरानको सैन्य क्षमता र आणविक कार्यक्रममाथि गम्भीर असर परेको दाबी गरेका छन् । तर, इरानको सैन्य तथा आणविक क्षमतामा भएको क्षतिसम्बन्धी यी दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

सम्बन्धित

गिनीमा फोहोरको पहाड खसेर ३० जनाको मृत्यु, २२ घाइते

अमेरिकाको ‘ठुलो आर्थिक आक्रमण’को धम्कीलाई इरानले सैन्य असफलताको संकेत भन्यो

अमेरिकाको चेतावनी : ‘ट्रम्पसँग व्यापार युद्ध जित्ने सोच्नु क्यानाडाको मूर्खता’

गिनीमा भीषण दुर्घटना : फोहोरको पहिरोले टहरा पुरिँदा कम्तीमा ३० जनाको मृत्यु

होर्मुजमा इरानको नयाँ दाबी: विदेशी जहाजबाट सेवा शुल्क असुल्ने कानुन पारित

तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख आसिम मुनिर, इरानसँग सुरक्षा र द्विपक्षीय सहकार्यमा केन्द्रित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu