ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसिया रोजगारीका लागि छनोट २५ म्यानपावरलाई सरकारले छलफलमा बोलायो


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ०५   बजे

काठमाडौँ । मलेसियामा नेपाली कामदार पठाउन छनोट भएका २५ वटा म्यानपावर कम्पनीलाई सरकारले छलफलका लागि बोलाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीका लागि सूचीकृत २५ म्यानपावर कम्पनी र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिलाई भोलि छलफलमा बोलाएको हो।

एक म्यानपावर व्यवसायीका अनुसार मलेसिया सरकारले नेपालबाट कामदार लैजान २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि त्यसबारे छलफल गर्न मन्त्रालयले बोलाएको हो। मलेसियामा नेपाली कामदार पठाउने जिम्मेवारी सीमित म्यानपावरलाई मात्र दिने निर्णयप्रति वैदेशिक रोजगार व्यवसायीहरूले विरोध गर्दै आएका छन्। यसअघि पनि केही म्यानपावर व्यवसायीले मलेसिया रोजगारीमा सिन्डिकेट लागू गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए।

गत शनिबार मलेसिया सरकारले नेपालबाट कामदार भर्नाका लागि २५ वटा नेपाली म्यानपावर कम्पनीलाई छनोट गरेको थियो। छनोटमा परेका कम्पनीहरूमा इन्डो अबर म्यानपावर, संयोग ओभरसिज, ट्यालेन्ट ओभरसिज सर्भिसेस, वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेस, एएनएस एसोसिएट्स र अल–हायात म्यानेजमेन्ट सिस्टम रहेका छन्।

त्यस्तै, अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स, बिलिभेबल ओभरसिज, डी स्क्वायर्ड ग्रुप, डी.डी. ह्युमन रिसोर्स, पारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि, लालधनुष इन्टरनेसनल सर्भिस प्रालि, नेपाल प्लेसमेन्ट एजेन्सी, द रिभर ओभरसिज प्रालि, एसिया लिङ्क सर्भिसेज, ट्रस्ट नेपाल ओभरसिज, एक्सेस पार्टनर्स, बीएम ओभरसिज, ह्वाइट हर्स इन्टरनेसनल, ट्रेन्स एसिया इन्टिग्रेटेड सर्भिसेस, मोन्टेज ओभरसिज, नेपाल एचआर सोलुसन र स्काई पावर इन्टरनेसनल सर्भिस रहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

Gauff and Fils Claim Cincinnati Tennis Titles Ahead of US Open

Mohamed Salah Scores Twice in First Trabzonspor Start, Despite Two Disallowed Goals

Dave Marsh, Pioneering Rock Critic, Shaped Generations of Music Journalism

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu