काठमाडौं, ५ वैशाख, । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’ को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डी गाउँमा बस्दै आएका राजाको आज बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एक्ला व्यक्ति थिए । आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ गुरुङले बताँए अनुसार राजा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए ।
त्यसपछि घरका सदस्यहरुले उठाएर चिया खुवाए । त्यसको केहीबेरमै उनको निधन भएको हो। उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्