ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीको कहर : गोसाइँकुण्ड जाँदै गरेको तीर्थयात्री बोकेको बस बेपत्ता, २५ यात्रु र चालक सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

धादिङ । धादिङबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि जाँदै गरेको एक बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार २५ जना तीर्थयात्री र चालकको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

धादिङ मण्डली यातायात प्रालिका अनुसार बस धादिङबेँसीबाट बुधबार बिहान रिजर्भ लिएर गोसाइँकुण्डतर्फ प्रस्थान गरेको थियो। तर रसुवा क्षेत्रमा भीषण बाढी आएको जानकारी पाएपछि बसका चालकसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन सम्पर्क हुन नसकेको प्रालिले जनाएको छ।

बसमा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका विभिन्न स्थानका तीर्थयात्री सवार रहेको बताइएको छ। बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठ हुन्। उनी धादिङ मण्डली यातायात प्रालिका सञ्चालकसमेत रहेको जनाइएको छ।

यातायात प्रालिका प्रबन्धक राजेश प्रजापतिका अनुसार बिहान करिब १०ः३५ बजे चालकलाई सम्पर्क गर्ने प्रयास गरिएको थियो।

उनले भने, “रसुवामा बाढी आएको भन्ने थाहा पाएपछि मैले चालकलाई फोन गरेँ, तर सम्पर्क हुन सकेन। पटक–पटक प्रयास गर्दा पनि कुनै जानकारी प्राप्त भएको छैन।”

बस र त्यसमा सवार यात्रुहरू कुन स्थानमा छन् भन्ने यकिन हुन नसक्दा परिवारजनमा चिन्ता बढेको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले खोजी तथा उद्धार कार्यमा समेत चुनौती देखिएको छ।

सम्बन्धित निकायसँग समन्वय गरी बस र यात्रुहरूको खोजी भइरहेको यातायात प्रालिले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

विनाशकारी बाढीपछि खाद्य संकटको चिन्ता, सरकारले खाद्य सुरक्षा प्रतिकार्यका लागि गर्‍यो अपिल

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, चितवनमा मात्रै २८ शव फेला

India Grapples With Corporal Punishment After Student’s Death

ICC President Urges Japan to Resist US Pressure on International Court

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu