ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : प्रभावित स्थानीय तह तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौं । सरकारले रसुवाको सीमा क्षेत्र रसुवागढी र भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःस्थापनालाई प्रभावकारी बनाउन संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए।

उनले भने, ‘विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।’

घाइतेको निःशुल्क उपचार, हेलिकोप्टरबाट उद्धार

मन्त्रिपरिषद् बैठकले बाढीमा परी घाइते भएका व्यक्तिको तत्काल निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले घाइतेको उपचारको व्यवस्था मिलाउनेछन्।

त्यस्तै, बाढीमा परेर बिचल्लीमा परेका तथा जोखिममा रहेका व्यक्तिको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने जिम्मेवारी गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई दिइएको छ।

उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गर्ने निर्णय भएको छ। गृहमन्त्रीलाई उद्धारका लागि आवश्यक सबै साधन तथा स्रोत, हेलिकोप्टरसहित परिचालन गर्न निर्देशन दिइएको सरकारले जनाएको छ।

घर गुमाएकालाई सुरक्षित स्थानमा सारिने

बाढीका कारण घर तथा आवास गुमाएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने र बस्ने व्यवस्था मिलाइने भएको छ।

यसका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ।

सरकारले बाढीमा मृत्यु भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई प्रचलित कानुनबमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ।

सडक, बिजुली र सञ्चार सेवा तत्काल सञ्चालन गर्ने तयारी

बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ।

त्यस्तै, अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।

दूरसञ्चार सेवा अवरुद्ध भएका क्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालयले तत्काल सेवा पुनः सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

पुनर्निर्माणका लागि स्रोत परिचालनको जिम्मा अर्थमन्त्रीलाई

बाढीबाट क्षति पुगेका सार्वजनिक संरचना तथा अन्य भौतिक पूर्वाधारको तत्काल सञ्चालन र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ।

सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतलाई प्राथमिकता दिँदै दीर्घकालीन रूपमा क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानी, सञ्चार तथा अन्य सार्वजनिक संरचनाको पुनःनिर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णय

  • बाढीमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना।
  • घाइतेको तत्काल निःशुल्क उपचार।
  • नेपाली सेना र निजी हेलिकोप्टरमार्फत उद्धार।
  • घर गुमाएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने–बस्ने व्यवस्था।
  • अवरुद्ध सडक र खानेपानी सेवा पुनः सञ्चालन।
  • विद्युत् र दूरसञ्चार सेवा यथाशीघ्र सुचारु गर्ने।
  • मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता।
  • क्षतिग्रस्त सार्वजनिक संरचना र पूर्वाधारको पुनर्निर्माणका लागि आर्थिक स्रोत परिचालन।
  • प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

Xi Jinping to Attend SCO Summit, Visit Kyrgyzstan and Egypt

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

विनाशकारी बाढीपछि खाद्य संकटको चिन्ता, सरकारले खाद्य सुरक्षा प्रतिकार्यका लागि गर्‍यो अपिल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu