काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोलि बिहीबार सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्नेछ।
बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुने भएको छ।
उद्धार र राहतमा साझा पहल
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत र पुनःस्थापनाका लागि सबै राजनीतिक दललाई एकजुट हुन आह्वान गर्दै बैठक बोलाइएको प्रवक्ता खरेलले बताए।
बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि गर्न सकिने सहयोगबारे राजनीतिक दलका प्रतिनिधिबीच छलफल हुने जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्