ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ४ : १५   बजे

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीपछि पत्रकार टेकराज थामी र पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन भएपछि नेपाल पत्रकार महासंघले उनीहरूको खोजी कार्यलाई तीव्रता दिन सरकार तथा सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ।

बिहीबार, भदौ ११ गते जारी प्रेस विज्ञप्तिमार्फत महासंघले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि तत्काल आवश्यक पहल गर्न जोडदार माग गरेको हो।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको जानकारी परिवारबाट प्राप्त भएको महासंघले जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार थामी समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका थिए।

यस्तै, नुवाकोटको विदुर नगरपालिका–७ निवासी पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि बाढीपछि सम्पर्कविहीन भएको जानकारी महासंघलाई प्राप्त भएको छ। पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले सम्बन्धित सरकारी तथा उद्धार निकायलाई तत्काल आवश्यक पहल गरी सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाउन आग्रह गरेको छ।

विद्युत् र सञ्चार सेवा सुचारु गर्न पनि माग

बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको र त्यसको असर सञ्चारमाध्यम सञ्चालन तथा सूचना प्रवाहमा समेत परेको महासंघले जनाएको छ।

महासंघले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न तथा सञ्चार सेवा नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बद्ध निकायसँग आग्रह गरेको छ। सञ्चार सेवा तत्काल सञ्चालनमा आउन नसक्ने स्थानमा वैकल्पिक सञ्चार व्यवस्थाको प्रबन्ध गर्न पनि महासंघले अपिल गरेको छ।

विपद्को समयमा सही र समयमै सूचना प्रवाह हुनु महत्वपूर्ण भएकाले सञ्चार सेवा सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको जोड छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal-Tibet Floods Leave Over 270 Dead After Glacial Collapse

Trump’s Truth Social Reveals Six Months Of War With Iran

Nepal Floods Leave Hundreds Dead and Missing After Glacial Lake Outburst

Russia Warns UK Military Sites May Be Targeted After Ukraine Strikes

Kremlin Dismisses Claims of Planned Ukraine Conflict Escalation

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu