ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकामा उच्च सतर्कता, सवारी आवागमन जारी


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : ०५   बजे

सिन्धुपाल्चोक । चीन स्वशासित तिब्बततर्फको ताल फुटेर रसुवामा भीषण बाढी आएपछि सिन्धुपाल्चोकको तातोपानी नाकामा उच्च सतर्कता अपनाइएको छ । चिनियाँ पक्षले रसुवा बाढीको प्रारम्भिक बिन्दुमा नदी थुनिएर अर्को ताल बनेको जानकारी दिएको छ, र सो ताल ३ दिनभित्र फुट्ने चेतावनीसहित सिन्धुपाल्चोक जिल्लामा उच्च सतर्कता जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताएका छन् ।

हालसम्म तातोपानी नाका हुँदै आवतजावतमा रोक लगाइएको छैन । रसुवा हुँदै मानसरोवर, गोसाईकुण्ड गएका थुप्रै मानिसहरू बाढीपछि फर्किने क्रममा तातोपानी नाकाको बाटो प्रयोग गरिरहेको एसपी आचार्यले जानकारी दिए ।

तातोपानी तर्फको तिब्बती भूभागमा पनि थुप्रै हिमताल रहेको र ती तालहरू पनि जोखिमयुक्त रहेको चिनियाँ पक्षबाट प्राप्त सूचनापछि तातोपानी नाकाका सम्पूर्ण व्यापारिक गतिविधि बुधबारदेखि नै बन्द गरिएको छ । सिन्धुपाल्चोकका बस्तीहरु बाढीको उच्च जोखिममा रहेकाले स्थानीय जनप्रतिनिधीहरूसँग समन्वय गरी सतर्कता अपनाइरहेको एसपी आचार्यले बताए । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउने र सकेसम्म तटीय क्षेत्रमा बसोबासको सट्टा अन्य विकल्प खोज्न अनुरोध गरिएको छ ।

बाढीको चेतावनी

चिनियाँ पक्षले दिएको जानकारी अनुसार रसुवामा आएको बाढीको कारण नदी थुनिएर बनेको ताल ३ दिनभित्र फुट्ने सम्भावना रहेको छ । यसले गर्दा तातोपानी नाका आसपासका क्षेत्रमा जोखिम बढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख आचार्यले बताएअनुसार, स्थानीयबासीलाई सुरक्षित स्थानतर्फ सारेको छैन, तर उनीहरूलाई निरन्तर जानकारी गराइरहेको छ । नदी किनारका वस्तीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

बाढीपछि अर्को चुनौती : संक्रामक रोग फैलिने जोखिम बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu