ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्न सक्ने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ९ : १५   बजे

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, मधेस प्रदेश तथा कोसी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकामा दिउँसोपछि वर्षा हुन सक्ने

आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोबाट बादल बढ्दै जाने र अपराह्नपछि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उहाँका अनुसार रातिको समयमा पनि वर्षा हुन सक्नेछ।

“अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बदली रहेको छ। दिउँसोबाट बादल बढ्दै जाने र २–३ बजेपछि मध्यम वर्षा हुन सक्छ। राति पनि वर्षाको सम्भावना छ,” उहाँले बताउनुभयो।

वर्षालाई कसरी वर्गीकरण गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा त्यसलाई हल्का वर्षा मानिन्छ। १० मिलिमिटरभन्दा बढी तर ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा भनिन्छ।

त्यस्तै, ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा, १०० मिलिमिटरभन्दा बढी तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ।

‘एक-दुई स्थान’ र ‘धेरै स्थान’ भन्नाले के बुझिन्छ?

मौसम पूर्वानुमानमा ‘एक-दुई स्थानमा वर्षा’ भनिएको अवस्थामा देशको सम्बन्धित भूभागको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना जनाउँछ।

त्यस्तै, १० देखि ३० प्रतिशत भूभागमा वर्षाको सम्भावना भए थोरै स्थान, ३० देखि ५० प्रतिशत भूभागमा भए केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा भए धेरै स्थान र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना भए अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको बुझिन्छ।

महाशाखाले मेघगर्जन, चट्याङ तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

बाढीपछि अर्को चुनौती : संक्रामक रोग फैलिने जोखिम बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu