ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

काठमाडौँ । जापानमा असोज पहिलो साता सुरु हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली खेलाडीहरू अन्तिम तयारीमा व्यस्त छन्। एसियाडमा सहभागी हुने २२ खेलका १ सय ३६ खेलाडीमध्ये केही वैदेशिक प्रशिक्षणमा छन् भने केही स्वदेशमै अभ्यास गरिरहेका छन्।

तर, एसियाडको तयारी भइरहेका बेला नेपालका पब्जी खेलाडी भने दुई खेल संघबीचको विवादको प्रत्यक्ष मारमा परेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियाडमा सहभागी हुने अन्तिम सूचीबाट पब्जी खेल हटाएपछि छनोट भएका खेलाडीहरू अदालतको ढोका ढकढक्याउन बाध्य भएका हुन्।

पब्जी खेलाडीहरू ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) र नेपाल ईस्पोर्ट्स एसोसिएसन (नेसा)बीचको अस्तित्वको लडाइँको बीचमा परेका छन्। संघबीचको विवादका कारण एसियाडमा सहभागी हुने अवसर गुमेपछि खेलाडी तथा यस खेलका समर्थकहरूले छनोट प्रक्रिया पूरा गरेका खेलाडीलाई प्रतियोगिताबाट किन वञ्चित गरिएको भन्दै प्रश्न उठाएका छन्।

एसियाडको सूचीबाट पब्जी हटाइएपछि छनोट भएका खेलाडीहरूले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफूहरूले छनोट प्रक्रिया पार गरे पनि एसियाड खेल्न नपाउने कारणबारे जवाफ मागेका थिए। तर, अहिलेसम्म आफूहरूले ठोस जवाफ नपाएको उनीहरूको गुनासो छ।

छनोट भएर पनि अदालत पुग्नुपर्‍यो

गत जुनमा भियतनाममा भएको एसियाली छनोट प्रतियोगितामा नेपालको पब्जी टोलीले सातौँ स्थान हासिल गर्दै एसियाडका लागि छनोट भएको थियो।

समीर कोस्टेल्लो (जेयो), रोहित तामाङ (जोर्डी), दीपेश गुरुङ (डेल्टा एक्स), सौरभ तामाङ (टीएमजी–८) र सोनु कार्की (बाइबाइ) एसियाडका लागि छनोट भएका थिए। उनीहरूले नेपाल ईस्पोर्ट्स एसोसिएसन (नेसा)बाट एसियाली छनोट प्रतियोगिता खेलेका थिए।

छनोट भएर पनि एसियाडमा सहभागी हुन नपाउने अवस्था आएपछि युनिस कोजीसहित १३ जना खेलाडी उच्च अदालत पाटन पुगेका थिए। तर, बुधबार न्यायाधीश ध्रुवराज नन्द र नारायणप्रसाद सुवेदीको इजलासले उनीहरूको निवेदन तामेलीमा राखिदिएको छ।

‘अब अन्य प्रतियोगिताको तयारीमा छौँ’

अदालतसम्म पुगे पनि पब्जी खेलाडीहरू अन्य प्रतियोगिताको तयारीमा जुटेका छन्।

खेलाडी दीपेश गुरुङले अब एसियाडको विषयमा मात्रै अड्किएर बस्ने अवस्था नरहेको बताउनुभएको छ। नेपालखबरसँग कुरा गर्दै उहाँले अन्य प्रतियोगिता नजिकिएकाले त्यसकै तयारीमा लागेको बताउनुभयो।

अर्का खेलाडी सौरभ तामाङले एसियाड खेल्न नपाएपछि राखेप र नेसासँग कुनै पनि प्रकारको कुराकानी नभएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘राखेपबाट पनि कुनै प्रतिक्रिया आएन। अब अन्य प्रतियोगिताहरू नजिक आइसकेकाले हामी त्यसैको तयारीमा व्यस्त छौँ।’

राखेप र संघबीच समन्वयको विवाद

राखेपले साउन २८ गते नेपाल ओलम्पिक कमिटीमार्फत प्रारम्भिक नामावली पठाउँदा राखेपमा आधिकारिक रूपमा दर्ता भएको ई–स्पोर्ट्स संघ, नेपाल (इसान)सँग समन्वय गरेर खेलाडीको नाम पठाइएको जनाएको थियो।

तर, पछि नेपाल ई–स्पोर्ट्स संघ (नेसा)ले पनि गतिविधि सञ्चालन गरिरहेको जानकारी पाएपछि राखेपले सहभागिताका विषयमा आवश्यक छलफल र समन्वयका लागि पत्राचार गरेको थियो। राखेपका अनुसार उक्त समयमा नेसा तत्काल सम्पर्कमा आएन।

राखेपले समन्वयका लागि गरेको अनुरोधलाई बेवास्ता गर्दै समय सकिएपछि मात्रै आफ्ना खेलाडी छनोट भएको भन्दै एसियाडमा सहभागी हुन पाउनुपर्ने दाबी नेसाले गरेको छ।

दुई संघको दाबी, मारमा खेलाडी

ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान)ले विज्ञप्ति जारी गर्दै नेपाल सरकारको आधिकारिक स्वीकृति तथा प्रचलित खेलकुद ऐन, नियमावली र कानुनी व्यवस्थाको पालना गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरिएको आरोप लगाएको छ।

इसानले खेलाडी, खेल प्रशासन तथा अन्तर्राष्ट्रिय संस्थालाई गुमराहमा राखिएको र एसियाडमा सहभागी गराउने आश्वासनका नाममा खेलाडीको भविष्यमा खेलबाड गरिएको दाबी गरेको छ।

यता, नेसाले एसियन इलेक्ट्रोनिक स्पोर्ट्स फेडरेसनबाट आफूलाई मान्यता प्राप्त रहेको र अन्तर्राष्ट्रियस्तरमा खेलाडीलाई सहभागी गराउँदै आएको बताउँदै आएको छ। १९औँ एसियाडमा पनि नेसामार्फत नेपाली टोलीले सहभागिता जनाएको थियो। उक्त टोली पाँचौँ स्थानमा रहेको थियो।

यसपटक भने पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको नेपाली पब्जी टोली संघीय विवादका कारण एसियाडबाटै बाहिरिएको छ।

राखेपमा दर्ता रहेको इसानले पब्जी खेल सञ्चालन गर्दै आएको छ भने नेसाले अन्तर्राष्ट्रिय मान्यताका आधारमा प्रतियोगितामा खेलाडी सहभागी गराउँदै आएको दाबी गरेको छ। राखेपले एसियाडका लागि इसानले सिफारिस गरेका खेलाडीको नाम पठाएको थियो। तर, उक्त सूचीमा होरा स्पोर्ट्सका खेलाडी भने समावेश थिएनन्।

खेलाडीको भविष्यमा प्रश्न

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएर पनि अन्तिम समयमा खेल्न नपाउने अवस्था नेपाली खेलकुदमा नयाँ भने होइन। एसियाड, सागदेखि ओलम्पिकसम्मका प्रतियोगितामा लामो समय तयारी गरेका खेलाडी विभिन्न विवादका कारण प्रतियोगिताबाट वञ्चित हुँदै आएका छन्।

यसले खेलाडीको मेहनत, तयारी र मनोबलमा प्रत्यक्ष असर पार्ने भए पनि सम्बन्धित खेल संघ तथा नेपाली खेलकुदको अभिभावक संस्था राखेपले विवाद समाधानमा प्रभावकारी पहल गर्न नसकेको देखिन्छ।

पब्जी खेलाडीको पछिल्लो घटनाले पनि संघको अस्तित्वको विवादमा खेलाडीको भविष्य बन्धक बन्न नहुने प्रश्न फेरि उठाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DR Congo Launches Ebola Vaccination Drive Amid Ongoing Outbreak

Stars and Stripes Journalists Sue Defense Department Over Firings

Lavrov Details Diplomatic Visits Amidst Western Distrust

Von der Leyen Admits Loss of Cheap Russian Energy Damaged EU Economy

Secretive Discussion Group ‘The Waiting Spot’ Hides Political Ambitions and Deadly Secrets

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu