ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङमा अस्थायी तालको ओभरफ्लो रोकियो, चिनियाँ अधिकारीद्वारा उद्धार कार्य पुनः सुरु


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : २५   बजे

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्र केरुङमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी तालबाट भइरहेको पानीको ओभरफ्लो रोकिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

ताल भरिएर पानी बाँधमाथिबाट बग्न थालेपछि केही समयका लागि खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो। जोखिम केही कम भएपछि चिनियाँ अधिकारीहरूले उद्धार कार्य पुनः सुरु गरेका हुन्। पछिल्लो विवरणअनुसार तालमा २५ लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको थियो।

यसअघि नेपाल प्रहरीले तिब्बततर्फ बनेको अस्थायी बाँध फुट्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। तालबाट पानी ओभरफ्लो हुन थालेपछि नेपालतर्फ पनि थप बाढीको जोखिम बढेको थियो।

२४ घण्टा निगरानी

चिनियाँ अधिकारीहरूले तालको पानीको सतह र अवस्थालाई २४सै घण्टा निगरानीमा राखेका छन्। जोखिमको अवस्था मूल्यांकन गर्न चिनियाँ उद्धार तथा प्राविधिक टोली परिचालन गरिएको छ।

यसअघि पानीको बहाव बढेपछि चिनियाँ उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको थियो। अहिले अवस्था केही स्थिर भएपछि उद्धार तथा खोजी गतिविधि पुनः अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

केरुङ क्षेत्रमा बनेको यो अस्थायी ताल बुधबार आएको भीषण बाढी र पहिरोपछि नदीमा थुप्रिएको माटो तथा भग्नावशेषले नदी थुनेर बनेको हो। तालबाट पुनः ठूलो मात्रामा पानी बाहिरिएमा नेपालतर्फ थप बाढी आउन सक्ने जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि भारत थप सक्रिय, जयशंकरको नेतृत्वमा समीक्षा बैठक

तिब्बतमा बाढीपछि ५ जनाको मृत्यु, ५५८ बेपत्ता; पहिरोले बनेको ताल फुट्ने जोखिम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीपीडितका लागि भारत थप सक्रिय, जयशंकरको नेतृत्वमा समीक्षा बैठक

तिब्बतमा बाढीपछि ५ जनाको मृत्यु, ५५८ बेपत्ता; पहिरोले बनेको ताल फुट्ने जोखिम

भोटेकोसी बाढीपछि शव खोजीका लागि थप १२ सय सैनिक परिचालन

गण्डक नदीमा सात शव फेला, नेपालबाट बाढीले बगाएर ल्याएको आशंका

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा काठमाडौं उपत्यकासहित क्षेत्रमा विद्युत् अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu