काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
शनिबार डल्लुस्थित खनाल निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा छलफल भएको छ।
भेटमा नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था, पार्टीको संगठनात्मक तथा राजनीतिक प्रगति तथा वामपन्थी शक्तिबीचको सहकार्य र एकतालाई थप मजबुत बनाउने विषयमा विचार–विमर्श भएको थियो।
त्यस्तै, मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति, प्राकृतिक विपद्बाट उत्पन्न समस्या तथा विपद्का समयमा राज्य र पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको थियो।
डल्लुस्थित खनाल निवासमा भएको भेटवार्ता करिब १ घण्टा ३० मिनेट चलेको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्