ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : ११ आयोजनाका ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ५ : ५५   बजे

काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विवरणमा उल्लेख छ।

बाढीबाट प्रभावित आयोजनाको संख्या ११ रहेको छ। इप्पानको विवरणअनुसार रसुवा जिल्लाका ७ वटा बाढी प्रभावित जलविद्युत् आयोजनामा ७३० जना सम्पर्कविहीन छन्।

रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशुली–१, रसुवागढी जलविद्युत् आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला रहेका छन्।

२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। यसको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) हो। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन्। यसको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी हो।

१२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन छन्। यसको प्रवर्द्धक लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालि हो। ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए आयोजनाको प्रवर्द्धक इनर्जी इन्जिनियरिङ प्रालि हो। २० मेगावाटको लाङटाङ खोला आयोजनामा ४२ जना सम्पर्कविहीन छन्।

२२ मेगावाटको चिलिमे आयोजनामा ८ जना र ५ मेगावाटको मेलुङ खोला आयोजनामा ७ जना सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड क्रमशः यी आयोजनाका प्रवर्द्धक हुन्। नुवाकोटका ६ आयोजनामा १६८ जना सम्पर्कविहीन इप्पानको विवरणअनुसार नुवाकोटका ६ वटा बाढी प्रभावित प्रमुख जलविद्युत् आयोजनामा १६८ जना सम्पर्कविहीन छन्।

प्रभावित आयोजनामा त्रिशुली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत्, माथिल्लो त्रिशुली–३ए, माथिल्लो त्रिशुली–३बी, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना रहेका छन्। २४ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनामा १ जना र १४.१ मेगावाटको देवीघाट जलविद्युत्मा १ जना सम्पर्कविहीन छन्।

दुवै आयोजनाका प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण हुन्। ६० मेगावाटको माथिल्लो त्रिशुली–३एमा ४२ जना सम्पर्कविहीन छन्। यसको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण हो। त्यस्तै, ३७ मेगावाटको माथिल्लो त्रिशुली–३बी आयोजनामा १२२ जना सम्पर्कविहीन छन्। १५.६ मेगावाटको मिडल त्रिशुली गंगा आयोजनामा दुई जना सम्पर्कविहीन छन्।

यसको प्रवर्द्धक पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालि हो। त्यस्तै, २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनाका प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण हुन्। ३६१ जनाको उद्धार इप्पानको सूचनामा २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ बाट २५४ जनाको उद्धार गरिएको उल्लेख छ।

आयोजनाको सुरुङमा हाल ३०० जना फसेको र उद्धारका लागि चीनबाट टोली आउने क्रममा रहेको जनाइएको छ। त्यस्तै, २० मेगावाटको लाङटाङ खोलाबाट १८ जना र ३७ मेगावाटको त्रिशुली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको सूचनामा उल्लेख छ। यससँगै हालसम्म ३६१ जनाको उद्धार भइसकेको इप्पानले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

ल्हेन्दे खोलामा फेरि दुई साना ताल, तल्लो तटीय क्षेत्रमा सतर्क रहन विज्ञको सुझाव

कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ

भोटेकोशीमा बाढीको जोखिम कायमै, पूर्वसूचनामा ध्यान दिन महाशाखाको आग्रह

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu