सुर्खेत, १४ भदौ । रसुवामा आएको बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २ सय ६७ जना नागरिक सम्पर्कविहीन भएकामा ७४ जना सम्पर्कमा आएका छन्।
Originally published on abcnews.com.np.
सुर्खेत, १४ भदौ । रसुवामा आएको बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका २ सय ६७ जना नागरिक सम्पर्कविहीन भएकामा ७४ जना सम्पर्कमा आएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सन्तोष सिंह राठौरका अनुसार बाढीपछि कर्णालीका नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भएका हुन्।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा २ सय २६ पुरुष, ३३ महिला, पाँच बालक र तीन बालिका छन्। सम्पर्कमा आएका ७४ जनामध्ये ६८ पुरुष, पाँच महिला र एक बालक रहेका छन्।
हालसम्म सम्पर्कमा आउन बाँकी १ सय ९६ जनामध्ये १ सय ६२ पुरुष, २७ महिला, चार बालक र तीन बालिका छन्।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका १ सय १० जना सम्पर्कविहीन भएका छन्। तीमध्ये ३२ जना सम्पर्कमा आएका छन् भने ८१ जनाको अवस्था अझै अज्ञात छ।
त्यस्तै, सल्यानका ५९ जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएका छन् भने ५५ जना अझै सम्पर्कविहीन छन्। सल्यानबाट सम्पर्कविहीन हुनेमा ४५ पुरुष, ११ महिला, दुई बालक र एक बालिका छन्।
सुर्खेतका २० जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएका छन् भने १७ जनाको अवस्था अज्ञात छ। रुकुम पश्चिमका १९ जनामध्ये १० जना सम्पर्कमा आएका छन् भने नौ जना सम्पर्कविहीन छन्।
यस्तै, मुगुका १९ जनामध्ये आठ जना, हुम्लाका १२ जनामध्ये पाँच जना, जाजरकोटका ११ जनामध्ये आठ जना, दैलेखका सात जनामध्ये दुई जना सम्पर्कमा आएका छन्।
कालिकोटका ६ जना सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ। उनीहरूमध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्। डोल्पाका चार जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने दुई जनाको अवस्था अझै अज्ञात छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले रसुवा बाढीपछि सम्पर्कविहीन भएका नागरिकको अवस्था यकिन गर्न खोजी तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्