काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये ४८ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने ३७ जनाको पोस्टमार्टम गर्न बाँकी छ। अस्पतालमा ल्याइएका ९४ शवमध्ये हालसम्म नौ जनाको मात्रै पहिचान खुलेको छ। पहिचान भएका शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डा. चौधरीले जानकारी दिए। पहिचान हुन नसकेका शवको सनाखतका लागि आवश्यक विवरण, फिङ्गरप्रिन्ट तथा डीएनए नमुना संकलनलगायतका प्रक्रिया अघि बढाइएको छ।
Originally published on abcnews.com.np.


प्रतिक्रिया दिनुहोस्