ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ०५   बजे

काठमाडौं, भदौ १४ गते । भोटेकोसीको बाढीले पुरिएपछि उद्धार कार्य जारी रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट पम्पिङ गरेर पानी बाहिर निकाल्ने तयारी गरिएको छ।

भदौ १० गते आएको बाढीपछि ६० मेगावाट क्षमताको आयोजनाको टनेलमा ४२ जना फसेको अनुमान गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले हिजो रातभर पनि निरन्तर काम गरेको थियो।

केवल टनेलको पोर्टल सफा गर्ने क्रममा आज बिहान करिब ३ बजे विस्फोट गराएर टनेलको मुख खोलिएको थियो। त्यसपछि टनेलभित्र पानी भरिएको पाइएको थियो। अहिले वाटर पम्पसेट प्रयोग गरी पानी बाहिर निकाल्न थालिएको छ।

पानी निकाल्ने कामलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताको डिजेल जेनेरेटर (डीजी) सेट, थप पम्पसेटलगायत आवश्यक उपकरणसमेत घटनास्थलमा पुर्‍याइएको छ। टनेलको मुखमा थुप्रिएका ढुंगा, माटो तथा गेग्रान हटाएर भित्र प्रवेश गर्न सकिने मार्ग तयार गर्ने काम भइरहेको उद्धारकर्ताले बताएका छन्।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै संयन्त्र परिचालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक सुनिलकुमार ढुंगेल, कार्यकारी निर्देशकसहितको टोली उद्धारस्थलतर्फ जाँदैछ।

त्यहाँ प्राधिकरणका उपकार्यकारी निर्देशकसहित भूगर्भविद्लगायत विज्ञ टोलीसमेत पुगेको छ। विज्ञ टोलीले टनेलभित्र फसेकाहरूको उद्धारका लागि अपनाउन सकिने अन्य विकल्पबारे अध्ययन गरिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

चिलिमे र अपर त्रिशूली–१ का टनेलमा तीन शव भेटिए

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

नेपाल विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित

नेपाल–चीन सीमामा बाढी पूर्वसूचना आदानप्रदानको औपचारिक सहमति छैन

बहराइनमाथि ७ विकेटको जितसँगै नेपालले गर्‍यो विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu