ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल विजयी सुरुवात, बहराइनमाथि ७ विकेटको शानदार जित


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। सोमबार मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।  बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि अर्जुन कुमाल ३६ रनमा अविजित रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे। रोहित पौडेल १९ रनमा नटआउट रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे। आसिफ शेखले २५ बलमा २ चौका र १ छक्कासहित १८ रन बनाए। देव खनाल १० रनमा आउट भए भने इशान पाण्डे १ रनमा रनआउट भए। यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो।  नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। उनले चार ओभर मेडन राखे। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।  बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। नेपालका कप्तानका रूपमा सन्दीप लामिछानेले पुनरागमन गरेको पहिलो खेलमै पाँच विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका छन्।  नेपालले समूह चरणको दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ। त्यसपछि आइतबार साउदी अरेबिया र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, टनेलबाट पानी निकालिँदै

भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञको सहयोगमा जलविद्युत् आयोजनाका टनेलमा उद्धार जारी

सम्बन्धित

बहराइनमाथि ७ विकेटको जितसँगै नेपालले गर्‍यो विजयी सुरुआत

कप्तान सन्दीपको पाँच विकेटमा बहराइन ८७ रनमै ढल्यो, नेपाललाई ८८ रनको लक्ष्य

नेपालको पीडामा स्पेनबाट ऐक्यबद्धता, रियाल मड्रिडसहित क्लबद्वारा एक मिनेट मौनधारण

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको ५–२ को शानदार जित

कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका सेटर एमिलियन

मालागामाथि ४–० को जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu