काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एमिलियन कर्णाली शिवराजले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। आगामी एनभीएल सिजनका लागि टोलीलाई थप बलियो बनाउने उद्देश्यले उनलाई अनुबन्ध गरिएको क्लबले जनाएको छ।
सेटरको भूमिकामा खेल्ने एमिलियनले टोलीको आक्रमण सञ्चालन र खेलको गति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनको आगमनसँगै टोलीको खेल सञ्चालन थप प्रभावकारी हुने कर्णाली शिवराजको विश्वास छ।
विदेशी खेलाडी अनुबन्ध गरेसँगै कर्णाली शिवराजले आगामी एनभीएल सिजनका लागि आफ्नो टोली निर्माणलाई थप तीव्रता दिएको छ। टोलीले स्वदेशी तथा विदेशी खेलाडीको संयोजनमार्फत प्रतिस्पर्धी टिम बनाउने तयारी गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्