ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको शानदार पुनरागमन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

 

काठमाडौँ । ब्रुनो फर्नान्डेसको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनमाथि ५–२ को शानदार जित दर्ता गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो।

इप्सविचका लागि लिफ डेभिसले २९औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर ४०औँ मिनेटमा कर्नरबाट बनेको काउन्टर अट्याकमा म्याथियस कुन्हाको पासलाई फर्नान्डेसले गोलमा परिणत गर्दै युनाइटेडलाई खेलमा फर्काए।

दोस्रो हाफको ५६औँ मिनेटमा ज्याकब ग्रिभ्सको आत्मघाती गोल भएपछि युनाइटेडले २–१ को अग्रता बनायो।

त्यसपछि फर्नान्डेसले ६१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। ६८औँ मिनेटमा पुनः गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे।

युनाइटेडका लागि पाँचौँ गोल ८२औँ मिनेटमा भएको थियो। त्यसपछि इप्सविचका चुबा अकपोमले इन्ज्युरी समयमा गोल गर्दै अन्तर केही घटाए। खेल ५–२ मै सकियो।

चेल्सीको रोमाञ्चक जित

गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटन एन्ड होभ एल्बियनलाई ४–३ ले पराजित गरेको छ।

अर्को खेलमा सन्डरल्यान्डले फुलहामलाई १–० ले हराएको छ। यस्तै, लिड्स युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

नेपालको पीडामा स्पेनबाट ऐक्यबद्धता, रियाल मड्रिडसहित क्लबद्वारा एक मिनेट मौनधारण

फर्नान्डेसको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको ५–२ को शानदार जित

कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका सेटर एमिलियन

मालागामाथि ४–० को जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एसीसी प्रिमियर कपमा नेपाल र बहराइन भिड्दै, सन्दीपको कप्तानीमा नयाँ टोली

एसिसी प्रिमियर कप आजदेखि, एसिया कपमा पुग्ने लक्ष्यमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu