काठमाडौं, । साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६६ अंक अर्थात् ०.१८ प्रतिशतले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से १५.४४ अंकले बढेर २,५३८.११ विन्दुमा बन्द भएको थियो।
बिहीबार कारोबार रकममा समेत सुधार देखिएको छ। कुल ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।
बिहीबार कुल ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटकको कारोबारमा किनबेच भएका छन्।
कारोबार भएका कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको, १२३ कम्पनीको घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
विन नेपाल लघुवित्तको सेयरमा सर्वाधिक वृद्धि
बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ। त्यसैगरी चिरखुवा हाइड्रोपावर र आशा लघुवित्तका सेयरमा पनि उल्लेख्य वृद्धि भएको छ।
यता पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको छ भने ४ उपसमूह घटेका छन्।
घट्ने उपसमूहतर्फ फाइनान्स, हाइड्रोपावर तथा निर्जीवन बीमालगायतका सूचक रहेका छन्। बाँकी उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
समग्रमा बजार परिसूचकमा सामान्य सुधार आए पनि कारोबार रकम ३ अर्ब नाघेको छ। पछिल्लो समयको बजार गतिविधिमा लगानीकर्ताको ‘पर्ख र हेर’ मनोविज्ञान कायम रहेको देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्