ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीका अभिभावकविहीन बालबालिकालाई प्रदेश सरकारले पढाउने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : ०५   बजे

हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको आवाससहित कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको छ ।

हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित तथा अभिभावकविहीन भएका बालबालिकालाई प्रदेश सरकारले संरक्षण गर्दै आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता भरत केसीले बैठकको निर्णय सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी प्रभावित क्षेत्रका अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले जिम्मा लिने बताए ।

तथ्यांक संकलनपछि संरक्षणको प्रक्रिया

बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने यकिन तथ्यांक संकलन गरी उनीहरूलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था गरिने प्रवक्ता केसीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले त्यस्ता बालबालिकाको शिक्षा मात्र नभई उनीहरूको आवास र संरक्षणको जिम्मेवारीसमेत लिनेछ ।

विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य अन्योलमा पर्न नदिन प्रदेश सरकारले दीर्घकालीन संरक्षणको नीति अघि सारेको हो ।

जिल्ला र स्थानीय तहमा विपद् कोषको रकम

मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

संशोधित कार्यविधिअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक रकम जिल्ला तथा स्थानीय तहमा नै निकासा गर्ने व्यवस्था मिलाइने प्रवक्ता केसीले बताए ।

यसबाट बाढी–पहिरोलगायत विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा तत्कालीन व्यवस्थापनका लागि स्थानीय तहले आवश्यक स्रोत छिटो परिचालन गर्न सक्ने प्रदेश सरकारको अपेक्षा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नेतृत्व, चार पदाधिकारी नियुक्त

भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाइने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

राजर्षि जनक विश्वविद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu