ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र मान्छे बोलेको आवाज सुनिएपछि मेडिकल टोली चनाखो


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : १५   बजे

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र मान्छे बोलेको आवाज सुनिएपछि मेडिकल टोली चनाखो भएको छ।

१० दिनदेखि त्रिशुली ३ ‘ए’को सुरुङ भित्र फसेका मानिसहरू बोलिरहेको आवाज आज बिहान उद्धार कर्ताले सुनेका हुन्।

सुरुङमा जारी उद्धार स्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ।

यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका विद्युत् आयोजनाका कर्मचारी र कामदार सुरुङभित्र बोलेको आबाज सुनिएपछि उनीहरू सकुशल नै रहेको अनुमान उद्धार कर्ताले गरेका छन्।

उद्धार कार्य जारी रहँदा भित्रबाट एकभन्दा बढी व्यक्ति बोलेको आवाज सुनिएको उद्धार कर्ताहरूले बताएका छन्।

उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।

उद्धारका क्रममा आवश्यक पर्ने यातायात तथा उद्धार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनासँग समन्वय गरिरहेको छ।

सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै हेलिकोप्टर तथा स्थल एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने अस्पतालहरूलाई समेत पूर्वसूचना दिइएको छ।

यससँगै सुरुङबाट उद्धार गरिएकाहरूलाई तत्काल स्वास्थ्य उपचार उपलब्ध गराउन आवश्यक मेडिकल व्यवस्थापनसमेत तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

उद्धार तथा राहतसम्बन्धी सम्पूर्ण काम नेपाली सेनाको नियन्त्रणमा भइरहेको छ। सुरुङभित्र फसेकाहरूलाई सुरक्षित निकाल्न सेनाले सक्दो प्रयास गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० दिनपछि चमत्कार : सञ्जयले भने– ‘सुरुङभित्र सबै सकुशल छन्’

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

श्रीकृष्ण : धर्म, कर्म र प्रेमको दर्शन बोकेका युगपुरुष

१० दिनपछि चमत्कार : सञ्जयले भने– ‘सुरुङभित्र सबै सकुशल छन्’

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

१० दिनपछि सुरुङबाट आयो खुसीको खबर : सञ्जय र कबीर सकुशल बाहिरिए

पृथ्वी राजमार्ग अवरुद्धको बहानामा ग्यासको भाउ बढ्यो, सिलिन्डरमै १०५ रुपैयाँ थप

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu