ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १० : १५   बजे

 

बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी बडीमालिका नगरपालिका–८ को राप्का र वडा नम्बर ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।

लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ । विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरूलाई समेत समस्या भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा र शेखर कोइरालाबीच आइतबार भेटवार्ता

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

सम्बन्धित

पहिरोले कर्णाली करिडोर अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

बडिगाडमा पहिरोको त्रास : गत वर्षको घाउ निको नहुँदै फेरि उच्च जोखिममा दर्जनौँ घर

प्रधानसेनापति सिग्देलद्वारा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको निरीक्षण

‘ग्रीन आर्मी’बारे छानबिन गर्न रास्वपा सांसद भण्डारीको माग

२४ घण्टामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०४ जना घाइते

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu