काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी १ हजार ३ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २१ गते बिहान ११ बजेसम्म मृतकमध्ये ९८ जनाको मात्र सनाखत भएको छ।
प्राधिकरणका अनुसार बाढीपछि ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये रसुवा प्रशासनबाट प्राप्त विवरणअनुसार १ हजार ९ सय ६७, नुवाकोटबाट २ हजार ३ सय ४० नेपाली नागरिक छन्।
यस्तै, ५ सय ८९ विदेशी नागरिक तथा १ सय सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी घाइते भएकामध्ये हालसम्म ६ हजार ७५ जनाको उपचार गरिएको छ। यस्तै, रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५२ जना बाढीपीडित आश्रय लिएर बसिरहेका छन्।
प्राधिकरणका अनुसार हालसम्म १३ हजार १ सय ४ जना प्रभावितको उद्धार गरिएको छ।
थप विवरण तल
स्रोतका थप तस्बिर तथा कागजात

Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्